भक्तपुरमा एमाले–कांग्रेस झडप, दुई जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर २१, २०७४
|
|
१९ पटक हेरिएको
Shares
भक्तपुरमा एमाले–कांग्रेस झडप, दुई जना घाइते

सारांश

  • २१ मंसिर, काठमाडौं ।
  • भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ ।
  • दुईजना घाइते भएका छन् ।

२१ मंसिर, काठमाडौं । भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । दुईजना घाइते भएका छन् ।

घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । अर्का व्यक्तिको परिचय खुलेको छैन । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मतदान भइरहेका बेला कांग्रेस कार्यकर्ता रवि राणाले केही महिलाहरुको मतदाता परिचय–पत्र कब्जामा लिएपछि झडप भएको एमाले कार्यकर्ताको आरोप छ । कांग्रेस नेताले भने आफ्ना कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको बताएका छन् ।

झपडका क्रममा दुई पक्षका कार्यकर्ताबीच कुटाकुट भएको थियो भने तोडफोडसमेत भएको छ ।

कुराकानी गर्दै झडप भएको भक्तपुर क्षेत्र नं. २ बाट एमाले उम्मेदवार महेश बस्नेतले कांग्रेसले बुथ कब्जा गर्न खोज्दा एमाले कार्यकर्ताले प्रतिवाद गरेको दाबी गरे ।

कांग्रेस उम्मेदवार दमननाथ ढुंगानाले भने कार्यकर्ताको घरमा एमालेले तोडफोड गरेको आरोप लगाएका छन् ।

(vallartainfo.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?