सिन्धुली–२ मा रास्वपाका आशिष गजुरेल विजयी
सारांश
- सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिणामले जिल्लाको राजनीतिमा नयाँ मोड ल्याएको छ।
- राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल १७ हजार ९४० मतका साथ सानदार जित निकाल्न सफल भएका छन्।
- यो नतिजासँगै यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन) पराजित भएका छन्, जसले १४ हजार ७८० मत प्राप्त गरे।
सिन्धुली क्षेत्र नम्बर २ को निर्वाचन परिणामले जिल्लाको राजनीतिमा नयाँ मोड ल्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल १७ हजार ९४० मतका साथ सानदार जित निकाल्न सफल भएका छन्। यो नतिजासँगै यसअघि यसै क्षेत्रबाट निर्वाचित भएका नेकपाका उम्मेदवार लेखनाथ दाहाल (राजन) पराजित भएका छन्, जसले १४ हजार ७८० मत प्राप्त गरे। निर्वाचनमा नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६०६ र नेपाली कांग्रेसकी सुशीला थिङले ६ हजार ७६० मत जोडेका छन्। नेकपाबाट विद्रोह गरी स्वतन्त्र लडेका महेश्वर दाहालले ५ सय ८६ मत ल्याए। यो परिणामले मतदाताको बदलिँदो चाहना र नयाँ शक्तिको उदयलाई स्पष्टसँग स्थापित गरेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया