नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो छ : प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उहाँले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समृद्धिका लागि नवप्रवर्तनमुखी कृषि प्रणालीको खाँचो औँल्याएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ‘दिगो विकासको वर्तमान अवस्था र भविष्य’ विषयक कार्यक्रममा उहाँले परम्परागत ढङ्गको कृषि प्रणालीबाट मुलुकको समृद्धि सम्भव नभएको बताए ।

प्रधानमन्त्री दाहालले आधुनिक कृषि प्रणालीको अवलम्बन गरिनुपर्नेमा जोड दिँदै कृषि क्षेत्रको विकासबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा आयात प्रतिस्थापन गर्न सकिने बताए । नेपालको दिगो विकासको मूल आधार कृषि नै रहेको उनको भनाइ छ ।

वर्तमान सरकार कृषिलाई मुख्य आधार बनाएर समृद्धिको यात्रामा होमिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सोह्रौँ पञ्चवर्षीय योजनामा कृषिको भूमिकालाई प्रतिविम्बित गर्न खोजिएको बताए । आफू पनि कृषिको विद्यार्थी भएकाले उनले कृषिलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । हरित क्रान्तिका निम्ति भारत सरकारको पहल उदारहणीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भारतको उपलब्धि नेपालजस्ता मुलुकले सिक्न लायक रहेको बताए । नेपालको सन्दर्भमा उपयुक्त हुने विषय अनुशरण गर्न तयार रहेको उनको भनाइ थियो ।

सो अवसरमा पतञ्जलि योगपीठका महासचिव आचार्य बालकृष्णले दिगो विकासका लागि कृषिको भूमिका सम्बन्धी प्रस्तुति दिँदै कृषि क्षेत्रमा गर्न सकिने कामका बारेमा जानकारी गराएका थिए । उनले दिगो विकासका लागि कृषिमा आधारित काम कसरी गर्न सकिन्छ भन्ने अवधारणा पेस गरेका थिए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, मन्त्रिपरिषद्का सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
मन्त्रिपरिषद बस्नुअघि प्रधानमन्त्री ओलीद्वारा राष्ट्रपति भण्डारीसँग भेट, के कदम चाल्लान् ?
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
चुनाव हारेका र हार्दै काँग्रेसका हस्तीहरू
हतियारसहित एक पक्राउ
हतियारसहित एक पक्राउ
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
नेपाली कामदार माग गर्दै जापानद्वारा नेपाल सरकारलार्इ पत्र
३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ
३२ लाख १० हजार बराबरको रक्सी चोरी काण्डमा मालिक नै पक्राउ
प्रतिनिधिसभा : विद्युतीय मिडियामाथि नियमन गर्न माग
प्रतिनिधिसभा : विद्युतीय मिडियामाथि नियमन गर्न माग
दर्शकलाई मनोरञ्जन प्रदान गर्न “कमेडि को झड्का” (भिडियो)
दर्शकलाई मनोरञ्जन प्रदान गर्न “कमेडि को झड्का” (भिडियो)
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
केपी शर्मा ओलीद्वारा एसईईमा प्रत्यक्ष संलग्नता जनाउन नपाएकोमा बालबालिकालाई दुःखी नहुन अनुरोध
सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
सुधन ज्ञवालीको ‘मोटिभेसनल स्पिच’ अब युट्युब च्यानलमा !
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)
यी हुन् गृहमन्त्रीका सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)