‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ८, २०७५
|
|
४५ पटक हेरिएको
Shares
‘यूपीएफ’बारे (नेकपा)को बैठकमा चर्काचर्की, माधव नेपालकाे प्रष्टीकरण : ‘नराम्रो संस्था होइन’

सारांश

  • काठमाडौँ ।
  •   सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सबैभन्दा बढी पेचिलो रुपमा रहेको युनिफिकेशन पिस फेडेरेशनको सम्मेलन र त्यसमा सरकारको संलग्नताको विषयमाथि बहष तथा चर्काचर्की भएको खुलेको छ ।
  • राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा युनिफिकेशन पिस फेडेरेशन सम्मेलन र सरकारको सहभागितालाई लिएर नेताहरुले चर्को आलोचना गरेपछि आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् ।

काठमाडौँ ।  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सबैभन्दा बढी पेचिलो रुपमा रहेको युनिफिकेशन पिस फेडेरेशनको सम्मेलन र त्यसमा सरकारको संलग्नताको विषयमाथि बहष तथा चर्काचर्की भएको खुलेको छ ।राजनीतिक प्रतिवेदनबारे टिप्पणी गर्ने क्रममा युनिफिकेशन पिस फेडेरेशन सम्मेलन र सरकारको सहभागितालाई लिएर नेताहरुले चर्को आलोचना गरेपछि आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले स्पष्टीकरण दिएका छन् ।

नेता नेपालले युनिफिकेशन पिस फेडेरेशन नराम्रो संस्था नभएको, सम्मेलनले नेपाललाई कुनै नराम्रो नगरेको, आफू उसको कार्यक्रममा ६ पटक मात्र सहभागि भएको स्पष्टिकरण दिएका थिए ।नेता नेपालको स्पष्टिकरणमाथि आपत्ति जनाउँदै नेता नारायणकाजी श्रेष्ठ,भीम रावल, योगेश भट्टराई, घनश्याम भुषाल, रघु पन्त, अग्नी सापकोटा लगायतले एकपछि अर्को गर्दै नेपालमाथि प्रश्न तेर्स्याएका थिए।

पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता नारायणकाजी श्रेष्ठले सन् २०१२ मा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा एकनाथ ढकालको यस्तै कार्यक्रम गर्ने प्रस्ताव आएको तर, आफूले त्यसको विरोध गरेको स्मरण गराउँदै भने-  ‘मैले प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड दुबैलाई यसबारे सचेत  गराएको थिएँ र प्रधानमन्त्री ओलीलाई भेटेरै तपाई फस्दै हुनुहुन्छ समेत भनेको थिएँ।’

बैठकमा अधिकांश नेताहरुले युनिभर्सल पिस फेडेरेसन जस्तो बदनाम संगठनमा सरकारको संलग्नताले सरकारको छवि धुमिल भएको र सहभागितानै गलत भएको आरोप लगाएका थिए । करिव एक घण्टा आरोप प्रत्यारोपमै केन्द्रित स्थायी समिति बैठक अपरान्ह चार बजे बस्नेगरी तत्काललाई स्थगित गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा
‘चोर पक्राउ गर्न’ भारतीय प्रहरी दैलेखमा
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !
यी हुन् वैदेशिक रोजगार विभागका २५ जना भ्रष्टचारि कर्मचारी !
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
मेसी चुक्दा अर्जेन्टिनाका नेपाली समर्थक निराश
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
रङ्गशालामा भागदौड हुँदा बाह्र जनाको मृत्यु
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने
अस्वीकृत हुने निर्णय सुनेलगत्तै सर्वोच्चका न्यायाधीशले जोशीलाई यसाे भने
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
सरकारले उठायाे कडा कदम, यातायात व्यवसायीको बैंक खाता रोक्का, सम्पत्तिमाथि छानबिन शुरु!
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
बिर्तामोडको स्थिति नियन्त्रणबाहिर गएपछि विर्तामोडमा आज पनि कर्फ्यू यथावत .
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
अर्थशास्त्री वाग्लेले गरे कांग्रेस पार्टी छाडेको घोषणा
आइटीमा अर्को आयाम घरभेटी डटकम
आइटीमा अर्को आयाम घरभेटी डटकम
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी
वामदेव पराजय हुनुको कारण खोज्दै एमाले, अन्तर्घात गर्नेलाई कारबाहीको तयारी