भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक १७, २०७५
|
|
३५ पटक हेरिएको
Shares
भक्तपुरमा निर्माण हुने अन्तराष्ट्रिय रङ्गशालाको निर्माणस्थलकाे अबलाेकन

सारांश

  • भक्तपुर, १७ कात्तिक।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माणको प्रकृयामा अघि बढेको राष्ट्रिय गौरवको आयोजना रंगशालाको टेण्डर आगामी २०७६ जेष्ठसम्ममा टेण्डर गर्ने लक्ष्य राखेर अघिबढेको बताएका छन् ।
  • प्रस्ताबित निर्माण स्थलको निरक्षण युवा तथा खेलकुद मन्त्रायलयको प्राविधिक सहितको जग्गा छनौट समिति, नापी, मालपोत, भूमिसुधार कार्यालयका कर्मचारीहरुको संयुक्त टोलीले गरेको हो ।

भक्तपुर, १७ कात्तिक। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरमा निर्माणको प्रकृयामा अघि बढेको राष्ट्रिय गौरवको आयोजना रंगशालाको टेण्डर आगामी २०७६ जेष्ठसम्ममा टेण्डर गर्ने लक्ष्य राखेर अघिबढेको बताएका छन् ।

प्रस्ताबित निर्माण स्थलको निरक्षण युवा तथा खेलकुद मन्त्रायलयको प्राविधिक सहितको जग्गा छनौट समिति, नापी, मालपोत, भूमिसुधार कार्यालयका कर्मचारीहरुको संयुक्त टोलीले गरेको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ मा रहेको तैडल तथा वडा नं ९ को महत गाँउको डोलमा अवलोकन गरेको हो । उक्त अवलोकनका क्रममा स्थानीयवासीहरुले फुलमाला बाजा गाजा सहित भब्य स्वागत गरेका थिए । त्यस्तै सिपाडोल तौडोल क्षेत्रमा सो स्थानभन्दा बाहिरका नेमकिपाका केही कार्यकर्ताले नाराजुलुस समेत गरेका थिए । त्यसको विरुद्ध त्यहाँ उपस्थित सयौं स्थानीयवासीले रंगशाला बनाउनै पर्छ भन्दै नाराजुलुस लगाएपछि उनीहरु उक्त स्थान छाडेर भागेका थिए । ल्याण्ड पुलिङको माध्यमबाट निर्माण गर्ने पतिद्धता सहित सांसद बस्नेत सहित नेकपाको टोली लागि परिरहेको छ भने नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा कुनै पनि हालतमा रंगशाला निर्माण गर्नु हुँदैन भन्ने पक्षमा रहेको छ ।

भक्तपुरमा रंगशाला निर्माण हुनु एक महत्वपूर्ण र गौरवको कुरा रहेको जसका कारण आम भक्तपुरवासीको विकासको चाहना र सबैको भाग्य र भविष्य जोडिएको सांसद बस्नेतले बताए । उनले भने ‘राष्ट्रिय गौरवका आयोजनाहरुको विरोध गर्नु नेमकिपाको राजनैतिक विरासता थाम्ने गलत प्रयास जनता जानकार रहेको र अबका दिनमा जनताले विकास विरोधी गतिविधिलाई परास्त गर्दै विकासका कार्यहरु तिव्र गतिमा अघि बढ्छ ।’  अवलोकन पश्चात उक्त स्थानमा रंगशाला तथा कर्वोड हल निर्माण गर्न युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अन्न प्रसाद न्यौपानेको संयोजकत्वमा समिति समेत गठन गरेको छ ।

समितीमा भक्तपुरका नापी, मालपोत, भूमिसुधारका प्रतिनिधि, सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेब थापा, सूनपा वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी, सूनपा वडा नं. ८ का वडाध्यक्ष किरण थापा, जिल्ला समन्वय समिति भक्तपुरका सदस्य श्रीराम बेन्जु लगायतका सदस्य रहेको समिति गठन गरेको छ । समितिले आवश्यकता अनुसार सदस्यता थप गर्दै भक्तपुरको विकासलाई तिव्रता दिने निर्णय गरेको छ ।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल
इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
काठमाडौँमा अखिल नेपाल महिला सङ्घ (समाजवादी)को राष्ट्रिय सम्मेलन हुने
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 
सत्ता गठबन्धनको बैठक बस्दै
सत्ता गठबन्धनको बैठक बस्दै
लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक  अर्थ राज्यमन्त्री राणा
लोकतान्त्रिक गठबन्धनको विजय आवश्यक अर्थ राज्यमन्त्री राणा
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति
उपकुलपति र डीन कार्यालयमा तालाबन्दी
उपकुलपति र डीन कार्यालयमा तालाबन्दी
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो
डेङ्गु विरुद्ध देशव्यापी तीनमहिने अभियान सुरु: ‘सफा शुक्रबार’ मार्फत लामखुट्टेको बासस्थान नष्ट गरिने, जनसचेतनाका कारण सङ्क्रमण घट्दो

तपाईंले छुटाउनुभयो कि?