मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
४६ पटक हेरिएको
Shares
मितिनि र सोल्टीको चीन भिसासगैँ सकियो गैडा स्थानान्तरण कार्य, चितवनबाट गरियो विदाई 

सारांश

  • चितवन, ३० साउन ।
  • नेपाल सरकारले उपहार स्वरुप चीन सरकारलाई दुर्लभ एकसिंगे गैंडा पठाउने कार्य सकिएको छ ।
  • मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनि र सोल्टी एकजोडी गैडाको चितवनवाट विदाइसगैँ गैडा स्थानान्तरण कार्य सकिएको हो ।

चितवन, ३० साउन । नेपाल सरकारले उपहार स्वरुप चीन सरकारलाई दुर्लभ एकसिंगे गैंडा पठाउने कार्य सकिएको छ । मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनि र सोल्टी एकजोडी गैडाको चितवनवाट विदाइसगैँ गैडा स्थानान्तरण कार्य सकिएको हो । चीनलाई दुई जोडी गैंडा पठाउने सरकारको निर्णय अन्तर्गत पहिलो चरणमा डेढ बर्षको भद्र र २ बर्षकी रुपसीलाई गएको असार २६ गते विदाई गरिएको थियो ।

चीनलाई उपहार दिन डेढमहिनादेखि जैविविधता संरक्षण केन्द्र सौराहामा राखिएको गैंडालाई यसअघि नै भव्य कार्यक्रम गरि गैडाको विदाई कार्य भएकोले फेरि त्यो कार्य नदोहोराई मितिनि र सोल्टीलाई विदाई गएको निकुञ्ज प्रमुख संरक्षण अधिकृत वेदकुमार खड्काले जानकारी दिए । यो पटक पनि चितवनका संरक्षणकर्मीहरुले दुख खुशीका व्यक्त गरे । आफहरुले संरक्षण गरेको गैडा लागेसगैँ चीनले पनि यसको बासस्थान र मानव वन्यजन्तुको द्धन्द्धबाट हुने क्षति राहत दिन सहयोग गर्ने अपेक्षा राखेको बाघ संरक्षण समिति अध्यक्ष जीतु तामाङ्गले बताउनुभयो । जैविक विविधता संरक्षण केन्द्रका प्रमुख रामकुमार अर्यालले गैंडाको विदाई कार्यक्रमलाई चेलीको विदाईमा भइरहेको पीडा आफुलाई भइरहेको बताउनुभयो ।

काठको विशेष प्रकारको खोरमा राखेर गैंडालाई काठमाण्डौं पठाइएको हो । निकुञ्जका प्रमुख वेदकुमार खड्को नेतृत्वमा पशु चिकित्सकसहित राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिक र तीन सहयोगी सहितको टोली गैंडासंगै काठमाडौँ गएका छन् । चीन भने ३ सहयोगीसहित ५ जना जाने समेत प्रमुख खड्काले बताउनुभयो । काठमाण्डौं पठाइएको गैंडा साउन ३१ गते बोइङमा राखेर नेपालबाट चीन लैजाने कार्यक्रम छ । एक बर्षमा एक जोडीमात्रै पठाउन मिल्ने कानुनी व्यवस्था भएकाले मात्रै दोश्रो फेरि एक जोडी गैडा विदाई गरिएको हो । संरक्षण, प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान र संरक्षण शिक्षा प्रर्वद्धन गर्ने उद्देश्यले नेपाल सरकारले चीनलाई गैंडा उपहार दिने निर्णय गरेको थियो ।

यो पटक लागिएको नेपालवाट लगिएको गैंडालाई चीनको सांघाई वाइल्ड एनिमल पार्कमा राखिने छ । यसअघि रुपसी र भद्रलाई चीन चिमेलाङ पार्कमा राखिएको थियो । यस अघिपनि चितवन राष्ट्रिय निकुञ्जबाट छिमेकी राष्ट्र भारत, संयुक्त राज्य अमेरिका, जापान, थाइल्याण्ड, अष्ट्रिया लगायतका मुलुकमा २६ वटा गैंडा उपहार स्वरुप पठाइसकिएको चितवन राष्ट्रिय निकुञ्जले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । २०१५ को गणना अनुसार नेपालमा ६ सय ४५ वटा गैंडा पाइन्छ । जस मध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ५ वटा गैंडा छन् । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
प्रधानमन्त्रीको सम्बोधनपछि संसदमा ड्रामा, काँग्रेस सांसदलाई प्रश्न सोध्न नदिइएपछि विवाद
भारतीय कलाकार, केहीलाई जनताले पत्याए
भारतीय कलाकार, केहीलाई जनताले पत्याए
गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार र अनियमितताको विरुद्ध आन्दोलनको तयारी
गोकर्णेस्वर नगरपालिकामा भ्रस्टाचार र अनियमितताको विरुद्ध आन्दोलनको तयारी
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
भरतपुरको परिणामबारे प्रचण्डको यस्तो प्रतिक्रिया : ओलीलाई धन्यवाद
जबरासँगको बयान सकियो
जबरासँगको बयान सकियो
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
अभिनेत्री करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले कहाँ कहाँबाट एसईई दिदैछन् ?
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
गोकर्ण अस्पतालमा छैनन् एक्स–रे, इसिजी चलाउने प्राविधिक
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
विश्वकप क्रिकेट: पाकिस्तानद्वारा श्रीलङ्का ६ विकेटले पराजित
३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त ‘गोरे जेल चलान !
३३ किलो सुन तस्करीमा मुख्य अभियुक्त ‘गोरे जेल चलान !
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने
राहुल गान्धीको पुनरावेदनमा शुक्रबार सुनुवाइ हुने