कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
३३ पटक हेरिएको
Shares
कांग्रेसमा ११ जना पदाधिकारी राख्न सहमति

सारांश

  • नेपाली कांग्रेसमा पदाधिकारीको संख्या ११ पुर्‍याउनेमा सहमति भएको छ।
  • पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह-महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लागेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।
  • कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच कांग्रेसमा पदाधिकारीको संख्यालाई लिएर मतभेद रहँदै आएको थियो।

नेपाली कांग्रेसमा पदाधिकारीको संख्या ११ पुर्‍याउनेमा सहमति भएको छ।

पदाधिकारीमा सभापतिसहित दुई उपसभापति, तीन महामन्त्री, चार सह-महामन्त्री र एक कोषाध्यक्ष राख्ने टुंगो लागेको एक केन्द्रीय सदस्यले सेतोपाटीलाई जानकारी दिए।

कांग्रेसभित्र संस्थापन पक्ष र पौडेल पक्षबीच कांग्रेसमा पदाधिकारीको संख्यालाई लिएर मतभेद रहँदै आएको थियो।

पौडेल पक्षले पदाधिकारी संख्या बढाएर ११ जना पुर्‍याउनुपर्ने मत राखेको थियो भने देउवा पक्षले केहीअघिसम्म पदाधिकारीको संख्या बढाउन नहुने अडानमा थियो।

अहिले कांग्रेसमा सभापतिसहित ५ जना पदाधिकारी रहने व्यवस्था छ।

सोमबार साँझ भएको छलफलमा पदाधिकारी संख्या थप्न सभापति देउवा लचक भएपछि संख्या टुंगो लागेको हो। तर, महाधिवेशबाट प्रत्यक्ष निर्वाचित भने ५ जना मात्र हुने भएका छन्।

११ पदाधिकारीमध्ये चार जना (सभापति, एक उपसभापति, दुई महामन्त्री र कोषाध्यक्ष) को प्रत्यक्ष चुनाव हुनेछ।

चारै जना सह-महामन्त्री समावेसी कोटाबाट ल्याइने भएको छ। एक जना उपसभापति र एक जना महामन्त्री केन्द्रीय समितिले टुंगो लगाउने ती केन्द्रीय नेताले सेतोपाटीलाई बताए।

पदाधिकारी संख्याबारे अन्तिम टुंगो लगाउन बस्ने भनिएको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। सिंहदरबारमा बसेको पदाधिकारी बैठकले लञ्चसम्ममा पदाधिकारीको अन्तिम टुंगो लगाएर उक्त प्रस्ताव महासमितिमा लगेर विधान संशोधन गरिने ती नेताले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?