भत्किएको चार वर्षपछि धरहरा पुननिर्माणको शिल्यान्याश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
भत्किएको चार वर्षपछि धरहरा पुननिर्माणको शिल्यान्याश

सारांश

  • काठमाडौं।
  • २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएको धरहराको शिल्यान्यास प्रधानमन्त्री केपी ओलीले बिहीबार विहान ११ गरे।
  • यसअघि २०७२ साल फागुन ४ गते पनि ओलीले प्रधानमन्त्रीको हैसियतमा ‘म बनाउँछु मेरो धरहरा’ अभियान संचालन गरेरे आफ्नो एक महिनाको तलव धरहरा पुननिर्माणकालागि उपलब्ध गराएका थिए।

काठमाडौं। २०७२ सालको विनाशकारी भूकम्पमा भत्किएको धरहराको शिल्यान्यास प्रधानमन्त्री केपी ओलीले बिहीबार विहान ११ गरे। यसअघि २०७२ साल फागुन ४ गते पनि ओलीले प्रधानमन्त्रीको हैसियतमा ‘म बनाउँछु मेरो धरहरा’ अभियान संचालन गरेरे आफ्नो एक महिनाको तलव धरहरा पुननिर्माणकालागि उपलब्ध गराएका थिए।
त्यसको चार वर्षपछि प्रधानमन्त्री ओलीले धरहराको शिल्यान्यास गर्न लागेका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शिलान्यासको सम्पूर्ण व्यवस्था गरेको छ। वैशाख १२ गते गएको शक्तिशाली भूकम्पले धरहरा ध्वस्त भएको थियो।
६ रोपनी क्षेत्रफलमा रहेको भीमसेन थापा कालीन धरहरा भत्किएपछि हुलाक र टक्सार विभागसहितको ४२ रोपनी जग्गामा आधुनिक धरहरा निर्माण हुने भएको छ।
पुनर्निर्माण प्राधिकरणले जीआईईटीसी–रमन जेभीलाई धरहरा पुनर्निर्माणको जिम्मा दिएको थियो। एक महिनाअघिबाट काम शुरू गरेको कम्पनीले हाल धरहरा पुरानो धरहरा रहेको क्षेत्र, नेपाल बैंकको पुरानो कार्यालयलाई छेकबार गरेको छ। ‘
कम्पनीले अहिले धरहरा परिसरलाई कम्पाउन्डिङ गर्ने, र ठूटो धरहरालाई संरक्षण गर्ने काम भइरहेको छ।
कम्पनीले करिब साढे ३ अर्ब रुपियाको लागतमा धरहरा निर्माण गर्ने ठेक्का पाएको थियो। अवको धरहरा ११ तलाको हुने भएको छ। बाहिरबाट ११ तलाको देखिने धरहराको भित्री संरचना भने २२ तलाको हुनेछ। त्यसपछि हुलाक सेवा विभाग र टक्सारको जग्गा ओगटेर फाउण्डेशन, पार्क, वेसमेन्ट निर्माण गरिने भएको छ।

नया बन्ने धरहराको उचाइ १ सय ४५ फिटको हुनेछ। अपाङमैत्री धरहरामा वृद्धवृद्धाको लागि छुट्टै व्यवस्था गरिने भएको छ। दुई वटा लिफ्ट सहितको नया संरचनामा ८ जनालाई चढ्ने र ८ जनालाई ओराल्ने व्यवस्था गरिने भएको छ।
नयाँ धरहरा पुरानो धरहराबाट १० मिटर पूर्वतर्फ पहिलेकै जस्तो ढाँचामा नयाँ निर्माण गरिने भएको छ। गजुरसहित नयाँ धरहराको उँचाई करिब ७७ मिटरको हुने छ। पुनर्निर्माण हुने धरहराको स्वरूप क्षतिग्रस्त धरहराको जस्तै बनाइने भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?