क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ११, २०७५
|
|
३४ पटक हेरिएको
Shares
क्षेप्यास्त्र कारबाहीमा कमाण्डरसहित १४ आइएस लडाकू मारिए

सारांश

  • जलालाबाद, अफगानिस्तान, ११ भदौ ।
  • अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् ।
  • आइएस लडाकू लुकेर बसेको स्थानलाई लक्ष्य गर्दै संयुक्त गठबन्धन सेनाले लामो दुरीसम्म आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रहार गरेको सेनाद्वारा सोमबार जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ ।

जलालाबाद, अफगानिस्तान, ११ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा अमेरिकाआवद्ध नेटो संयुक्त सैन्य गठबन्धनले गरेको क्षेप्यास्त्र आक्रमणमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूहका एकजना वरिष्ट नेता मारिएका छन् । आइएस लडाकू लुकेर बसेको स्थानलाई लक्ष्य गर्दै संयुक्त गठबन्धन सेनाले लामो दुरीसम्म आक्रमण गर्नसक्ने क्षेप्यास्त्र प्रहार गरेको सेनाद्वारा सोमबार जारी गरिएको एक विज्ञप्तिमा जनाइएको छ । नान्गाहार प्रान्तको खोग्यानी जिल्लाको वजीरी इलाकामा भएको यस कारबाहीमा परी मारिने आइएसका नेता अबु साद इर्हाबी रहेका छन् ।

साथै सो कारबाहीमा अरु १४ जना आइएस आतङ्ककारी पनि मारिएका अफगान सेनाले जारी गरेको सो विज्ञप्तिमा जानकारी दिइएको छ । प्रान्तीय राजधानी जलालाबादबाट दक्षिणपश्चिममा पर्ने यस पहाडी जिल्लामा भएको यस कारबाहीको क्रममा सात आतङ्ककारी घाइते भएका पनि जारी सो विज्ञप्तिमा जनाइएको छ । उक्त पहाडी क्षेत्रमा भएको सो क्षेप्यास्त्र कारबाहीमा परी अरु करिब सातजना आइएस लडाकू घाइते पनि भएका बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?