प्रेमीले धोका दिएपछि प्रेमिकाले यसरी बदला लिइन्

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १०, २०७६
|
|
२२ पटक हेरिएको
Shares
प्रेमीले धोका दिएपछि प्रेमिकाले यसरी बदला लिइन्

सारांश

  • साँचो माया भाग्यमानीलाई मात्र मिल्छ रे ।
  • तर, कसैले आफुलाई धोका दिएको थाहा पाउँदा पृथ्वी खसेको जस्तो महसुस हुने गर्दछ ।
  • कोही मानिस मायामा धोका हुँदा ऊसँग टाढा भएर जीवन अगाडी बढाउँछन् भने कोही उल्टै बदला लिने गर्छन् ।

साँचो माया भाग्यमानीलाई मात्र मिल्छ रे । तर, कसैले आफुलाई धोका दिएको थाहा पाउँदा पृथ्वी खसेको जस्तो महसुस हुने गर्दछ । कोही मानिस मायामा धोका हुँदा ऊसँग टाढा भएर जीवन अगाडी बढाउँछन् भने कोही उल्टै बदला लिने गर्छन् । यस्तै रोचक एउटा घटना अस्ट्रेलियामा भएको छ ।
हिदी रुहोनेन २६ वर्षकी भइन् । उनलाई उनका प्रेमीले धोका दिएको र उनले लिएको बदलाको कारण निकै चर्चा भएको छ ।
धोकेवाज प्रेमीको लागी सबक सिकाउनको लागी यी महिलाले फरक तरिका अपनाएकी छिन् । मेलबर्न विश्वविद्यालयकी यी छात्राले आफ्ना प्रेमीले झुटो माया गरेको थाहा पाएपछि उनको दिल टुटेको थियो । यसपछि उनले उनका प्रेमीलाई सबक सिकाउनु पर्ने महसुस गरिन् ।
हिदीले आफ्नो प्रेमीसंग जोडिएका याद आउने सम्पूर्ण सामानहरु बेचिदिएकी छिन् । उनले प्रेमीले दिएका कपडा, जुत्ता, भिडियो गेम, फिल्म, किताब र स्पीकर जस्ता सबै सामान आफ्नै गाडी पार्किङमा सेलमा राखेकी थिइन् । यो सामान बेचेर आएको पैसाले लामो यात्रा गर्ने बताएकी छिन् ।

(https://prodavinci.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?