त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बदे

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २०, २०७६
|
|
३२ पटक हेरिएको
Shares
त्रिपुरेश्वर आँखा अस्पतालमा बिरामी बदे

सारांश

  • काठमाडौं।
  • नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन्।
  • विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन्।

काठमाडौं। नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा आँखाका बिरामी बढ्दै गएका छन्। विस २०३० चैत २६ मा स्थापना भएको अस्पतालमा पछिल्लो समय बढ्दै गएको धुलोधुँवा, वायुप्रदूषण र बढ्दो सामाजिक सञ्जालकोे प्रयोगसँगै आँखाका बिरामी बढेका हुन्। अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नयाँ प्रविधिको प्रयोगसँगै आँखाका बिरामी बढेको बताउँछन्। “पहिला दैनिक ३०० व्यक्तिले बहिरङ्ग९ ओपिडी० सेवा र दैनिक पाँच जनाले शल्यक्रिया सेवा लिने गरेकोमा अहिले दैनिक ५०० ले ओपिडी र ३० भन्दा बढीले शल्यक्रिया सेवा लिएका छन्”,–उनले भने। “क्यानडा अप्रेसन आइसाइड युनिभर्सल र नेपाल आँखा अस्पतालको साझेदारीमा भौतिक व्यवस्थापन पक्षको सुधारसँगै सर्जरी गर्नको लागि १५ देखि २० मिनेट लाग्नाले विरामीको सङ्ख्या पहिलेको तुलनामा बढेको हो”, घलेले भने। अस्पतालको सेवा विस्तारको लागि क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले रु एक करोड बराबरको आर्थिक सहयोग गरेको छ। विगतमा एउटा शल्यक्रिया गर्न चार घण्टासम्म लाग्ने र दुई तीन दिनसम्म आराम गरेर बस्नुपर्ने बाध्यता भए पनि नयाँ प्रविधिको प्रयोगसँगै अहिले उक्त प्रक्रिया हटेको छ।

यस्तै अस्पतालमा कार्यरत कर्मचारीलाई क्यानडा अप्रेसन आइसाइड युनिभर्सलले तालीम समेत प्रदान गर्दै आएको छ। उक्त अस्पतालमा हाल १०० कर्मचारी तथा चिकित्सकले सेवा प्रदान गर्दै आएका छन्। अस्पतालका अधिकृत केदार कार्की नेपाल आँखा अस्पतालले आगामी दिनमा आफ्नो सेवा विस्तार गर्न लागेको बताउँछन्। “त्रिपुरेश्वरबाट सेवा दिएको अस्पतालले बाराको सिमराबाट सेवा दिनका लागि अस्पतालको नाममा जग्गासमेत प्राप्त गरिसकेको छ,”–उनले भने। सिमरामा अस्पताल निर्माणका लागि सिमरा उपमहानगरपालिका–४ निवासी काशिम मियाँले रु दुई करोड मूल्य बराबरको पाँच कठ्ठा जग्गा सहयोग गरेका छन्। कम समयमा गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल लागिरहेको कार्कीको भनाइ थियो।अस्पतालले आर्थिक वर्ष २०७४र७५ मा एक लाख २८ हजार ७१६ बिरामीलाई ओपिडी सेवा प्रदान गरेको छ भने ६ हजार बिरामीको शल्यक्रिया गरेको छ। चालू आर्थिक वर्षमा भने एक लाख १२ हजार ५२० बिरामीलाई ओपिडी सेवा र पाँच हजार बिरामीको सर्जरी गरेको अस्पतालका अधिकृत कार्कीले बताए।

अस्पतालले हाल वार्षिक विभिन्न जिल्लाका १५ देखि २० स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। तनहुँ, लमजुङ, गोरखा, जुम्ला, ओखलढुङ्गा, धादिङ, रामेछाप, दोलखालगायतका पहाडी जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको अस्पतालले जनाएको छ। नेपाल आँखा अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरमा दश हजार बिरामीलाई ओपिडी सेवा र एक हजार बिरामीलाई शल्यक्रिया सेवा प्रदान गरेको छ। यस्तै विभिन्न विद्यालयका विद्यार्थीलाई समेत सेवा प्रदान गर्दै आएको छ। अस्पतालले ८० रुपैँयामा बिरामीलाई ओपिडी सेवा प्रदान गर्दै आएको छ। आँखाका बिरामीलाई दिने सेवालाई झन्झटमुक्त बनाउन टोकन प्रक्रिया शुरु गरिएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?