टिपरमा प्रशासन फेरि पछि हट्यो ३ घण्टा थप्दै समय परिवर्तन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १८, २०७५
|
|
४२ पटक हेरिएको
Shares
टिपरमा प्रशासन फेरि पछि हट्यो ३ घण्टा थप्दै समय परिवर्तन

सारांश

  • काठमाडौं ।
  • रिङरोडभित्र जथाभावी टिपर चलाउँदा दुर्घटना बढाएको बेला प्रशासनले भने समय थपेको छ ।
  • टिपरको ठक्करबाट दिनहुँ मान्छेले ज्यान गुमाइरहेका बेला झन समय थपिएको हो ।

काठमाडौं । रिङरोडभित्र जथाभावी टिपर चलाउँदा दुर्घटना बढाएको बेला प्रशासनले भने समय थपेको छ । टिपरको ठक्करबाट दिनहुँ मान्छेले ज्यान गुमाइरहेका बेला झन समय थपिएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाभित्र टिपर सञ्चालन गर्ने समय परिवर्तन गर्दै थपेको हो । यसअघि ९ घण्टा मात्र उपत्यकाभित्र टिपर चलाउने अनुमति दिइएको थियो । अहिले समय थप गरी १२ घण्टा पुराइएको छ ।

जिल्ला सुरक्षा समितिको बुधबार बसेको बैठकले रिङरोडभित्र टिपर चलाउने समय हेरफेर गर्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्मको अनुमति दिएको हो । यसअघि साँझ ८ देखि बिहान ५ बजेसम्ममात्र टिपर सञ्चालन गर्न अनुमति दिइएको थियो । टिपर चलाउन समय थपिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बताएका छन् ।

जिल्ला प्रशासन कार्यालयले गत साउन १ मा उपत्यकामा टिपर दुर्घटनाका कारण मावनीय क्षति बढेको भन्दै रातको समयमा मात्र चलाउन दिने निर्णय गरेको थियो । टिपर सञ्चालकहरुको दबावका कारण प्रशासन आफैले गरेको निर्णयमा पछि सर्दे टिपर चलाउने समय ३ घण्टा थपिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?