दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २३, २०७६
|
|
४६ पटक हेरिएको
Shares
दुबईका शासकले छैंठौ पत्नीलाई यातना दिएको प्रमाणित

सारांश

  • एजेन्सी, २३ फागुन ।
  • दुबईका अर्बपति शासक शेख मोहम्मद विन रसिन अल मक्तुम खाडीका प्रभावशाली नेतामध्येका हुन् ।
  • पछिल्लो समय उनी तनावमा छन् ।

एजेन्सी, २३ फागुन । दुबईका अर्बपति शासक शेख मोहम्मद विन रसिन अल मक्तुम खाडीका प्रभावशाली नेतामध्येका हुन् । पछिल्लो समय उनी तनावमा छन् । पत्नी हाया बिन्ट अल हुसेन लण्डन पुगेर मुद्दा दायर गरेकी छिन् ।

शेखमाथि अपहरण, यातना र जर्बजस्ती फर्कन वाध्य पार्न खोजेको भनी लगाइएको अभियोग प्रमाणित भएको छ । बेलायतको उच्च अदालतले शेखले पत्नी हायामाथि यातना र अपहरण जस्ता गतिविधि गरेको बिहिबार प्रमाणित तथ्य सार्वजनिक गरेको हो ।

गत वर्ष राजकुमार हाया भागेर लन्डन पुगेकी थिइन् । उनका साथमा दुई सन्तान पनि छन् । जीवनमाथि नै खतरा परेको भन्दै लुकेकी थिइन् ।
अदालतले शेख मोहम्मदमाथि गरेको फैसलापछि उनले जवाफ पठाएका छन् । एकपक्षीय कथा भन्दै सरकार प्रमुखको हैसियतमा रहेकाले अदालती प्रक्रियामा सहभागी हुन नसक्ने बताएका छन् । यसलाई निजी मामला भनेका छन् ।

४५ वर्षीया हायासँग शेख मोहम्मदले सनु २००४ मा विवाह गरेका थिए । शेख ७० वर्षका छन् । आफूभन्दा २५ वर्ष कान्छी हाया छैठौं पत्नी हुन् । शेखका दुई सन्तान छन् । हाया जोर्डनका पूर्व राजा हुसेनकी छोरी हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
जनतालाई भ्रमित पार्न गणतन्त्र विरोधीले षडयन्त्र गरिरहेका छन् : प्रधानमन्त्री
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
एसईईको नतिजा सार्वजनिक : कुन जीपीए ल्याएर कति विद्यार्थी उत्तीर्ण ? (विवरणसहित)
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन
जापानी राजदूतावासको समारोहमा उपराष्ट्रपति पुन
खुट्टामा भ्वाङ परेको देखेर बेहोस भएकी थिइन ‘
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदै, यस्तो छ १० दिने कार्यक्रम
भारतका नयाँ नोट नेपालमा अवैध
भारतका नयाँ नोट नेपालमा अवैध
Breaking गोविन्द केसी पक्राउ
Breaking गोविन्द केसी पक्राउ
शिथिलताका बीच मुलुकको आर्थिक अवस्था मजबुत
शिथिलताका बीच मुलुकको आर्थिक अवस्था मजबुत
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा
कालीगण्डकीको अस्तित्वलाई बचाउन राम्दी मालुङ्गादेखि पुट्टारघाट सम्म जलयात्रा