भाइरल बालगायिका कमला घिमिरेले भोली पाँचखाल महोत्सव घन्काउने
सारांश
- दोश्रो पाँचखाल महोत्सव २०७६ भव्यताका साथ सन्चालन भईरहेको छ।
- कार्यक्रमको छैठौं दिन आज बहुचर्चित ११ वर्षीय बालगायिका कमला घिमिरेका प्रस्तुति रहनेछ ।
- दोहोरी गायनमा बेजोड प्रस्तुति दिदै आएकी कमलाको गायनले महोत्सवको रौनक अझ बढाउने विश्वास आयोजकले लिएको छ ।
दोश्रो पाँचखाल महोत्सव २०७६ भव्यताका साथ सन्चालन भईरहेको छ। कार्यक्रमको छैठौं दिन आज बहुचर्चित ११ वर्षीय बालगायिका कमला घिमिरेका प्रस्तुति रहनेछ । दोहोरी गायनमा बेजोड प्रस्तुति दिदै आएकी कमलाको गायनले महोत्सवको रौनक अझ बढाउने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा लागी हिजो गोरखा पुगेकी कमला आज साँझ पाँचखाल आइपुग्ने बताइएको छ ।
महोत्सवको भोलीको कार्यक्रमको मुख्य आकर्षण नै कमला हुने आयोजकले बताएको छ । गत कात्तिक २९ गतेदेखि सुरु भएको महोत्सवमा अहिलेसम्म हजारौले अवलोकन गरिसकेका छन् । महोत्सवमा स्थानीय कृषि उत्पादनका साथै स्थानीय कलासंस्कृति, रितिरिवाज झल्कने स्टलहरु राखिएका छन् । कात्तिक ९ गते महोत्सप सम्पन्न हुँदैछ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया