कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र २५, २०७९
|
|
४५ पटक हेरिएको
Shares
कर्ण मल्ल डडेलधुरामा देउवासंग भिड्ने

सारांश

  • काठमाडौं।
  • नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।
  • शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

काठमाडौं। नेपाली कांग्रेस बीपीका वरिष्ठ उपसभापति कर्ण बहादुर मल्लले डडेलधुराबाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवारी घोषणा गरेका छन् ।

शुक्रबार बीपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा डडेल्धुरामा आयोजित कार्यकर्ता भेलामा मल्लले डडेलधुराबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

नेपाली कांग्रेस बीपीको कार्यालय डडेल्धुरामा आयोजित भेलामा कांग्रेस बीपीका केन्द्रीय सभापति शुशिलमान शेरचनसमेत सहभागी थिए । मल्लले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिनिधि सभामा प्रत्यक्षतर्फ चुनाव लड्ने बताएका हुन् । कांग्रेसबाट कारबाहीमा परेका मल्ल केही समय अगाडि कांग्रेस बीपीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?