“सरकार ‘टुटल’ र ‘पठाओ’लाई रोक्ने पक्षमा छैन”

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ४, २०७५
|
|
६२ पटक हेरिएको
Shares
“सरकार ‘टुटल’ र ‘पठाओ’लाई रोक्ने पक्षमा छैन”

सारांश

  • काठमाडौं ।
  • टुटल र पठाओलाई रोक्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा व्यापक विरोध भयो ।
  • त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नरोक्ने निर्देशन दिएपछि सञ्चालनमा आएको छ ।

काठमाडौं । टुटल र पठाओलाई रोक्ने सरकारको निर्णयपछि सामाजिक सञ्जालमा व्यापक विरोध भयो । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नरोक्ने निर्देशन दिएपछि सञ्चालनमा आएको छ । सरकारले प्रविधिको प्रयोग गरेर मोटरसाइकलमार्फत भाडामा यात्रु ओसार्ने काम रोक्ने चाहना नभएको जनाएको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कानुनको मातहतमा नभए कानुनसंवत् रुपमा जानुपर्ने बताउँदै सेवा रोक्ने पक्षमा सरकार नरहेको स्पष्ट पारेका छन् ।

सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सरकारको प्रतिबन्ध लगाउने चाहना नभएको बताए । नियमअनुसार चल्नुपर्ने र नियमन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा समेत यस्ता व्यवसायलाई कानूनी दायरामा ल्याई व्यवस्थित गर्ने दिशामा जानुपर्ने बताएका थिए ।

केही दिनअघि ट्राफिक प्रहरीले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रु बोक्ने मोटरसाइकललाई नियन्त्रणमा लिएपछि उक्त विषय बाहिर आएको हो ।

यातायात व्यवस्था विभागका महानिर्देशक लावन्यकुमार ढकालले अहिलेको ऐनमा निजी सवारीले यात्रु बोक्न पाउने व्यवस्था नरहेको भए पनि अन्तर्राष्ट्रिय अभ्यासलाई आधार मानेर यस्तो व्यवस्था रहने गरी ऐन संशोधनको प्रक्रियामा रहेको बताए ।

सेवा राम्रो भए पनि अहिलेको अवस्थामा भने यसले यात्रुको सुरक्षा, दुर्घटना बीमा लगायतका विषयमा प्रश्न उठ्ने भएकाले कानूनी दायरामा भने आउनुपर्नेमा जोड दिए । विगत केही वर्षदेखि टुटल र पठाओ नामको मोबाइल एप्लिकेशनमार्फत सम्पर्कमा आएका यात्रुको माग अनुसार सोही एप्समा जोडिएका मोटरसाइकल चालकले निश्चित भाडा लिएर यात्रु ओसारपसार गर्दै आएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Mostbet-də Qeydiyyat, Yoxlama Və Şəxsiyyə
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
अब दुनियाँको कुनै पनि शक्तिले हामीलाई रोक्न सक्दैनः प्रचण्ड
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
काेराेना कहर : २४ घण्टामा ३५१५ जनाको मृत्यु, अमेरिकामा एकैदिन साढे १९ हजार संक्रमित
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
अर्थमन्त्रालयले निकाल्यो कर्मचारीको तलब विवरण, निजामती कर्मचारी, स्वास्थ्यकर्मी, सेना, पुलिस, सशस्त्र, शिक्षक कस्को तलब कति ?
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
सरकारद्वारा आङ सान सुचीलाई नेपाल भ्रमण गराउने तयारी
वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान
वीरगन्जमा १२ बजेसम्म ४५ प्रतिशत मतदान
३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस
३७ सय समुन्द्री पर्यटक बोकेको जहाजमा कोरोना भाइरस
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
राष्ट्रियसभा बैठकः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण !
हिमपातका कारण डोटीको जनजीवन प्रभावित
हिमपातका कारण डोटीको जनजीवन प्रभावित
नेपाल आदिबासी जनजाति महासंघको महाधिबेशन भोलिबाट शुरु, प्रधानमन्त्रीबाट समुद्घाटन हुने।