वायुसेवा निगम डुबाउन खोज्नेलाई सरकारले छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
४३ पटक हेरिएको
Shares
वायुसेवा निगम डुबाउन खोज्नेलाई सरकारले छोड्दैन : परराष्ट्रमन्त्री ज्ञवाली

सारांश

  • नेपाल वायुसेवा निगमको दुर्गति २०४८ सालदेखि भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।
  • निगमसँग भएका जहाज विभिन्न बहानामा बेच्ने वा भाडा लगाउने, नयाँ जहाज किन्न लाग्दा अनेक बखेडा झिक्ने र घण्टाको दरमा डलरमा जहाज भाडामा ल्याउने परिपाटीले निगम अहिलेको अवस्थामा पुगेको मन्त्री ज्ञवालीको भनाई छ ।
  • मंगलबार काठमाडौँमा नेपाल वायुसेवा निगम कर्मचारी युनियनको चुनावी सभामा बोल्दै उनले आफु २०६३ सालमा पर्यटनमन्त्री बन्दा यस्तो प्रवृत्तिलाई ब्रेक लगाएको दावी गरे ।

नेपाल वायुसेवा निगमको दुर्गति २०४८ सालदेखि भएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए । निगमसँग भएका जहाज विभिन्न बहानामा बेच्ने वा भाडा लगाउने, नयाँ जहाज किन्न लाग्दा अनेक बखेडा झिक्ने र घण्टाको दरमा डलरमा जहाज भाडामा ल्याउने परिपाटीले निगम अहिलेको अवस्थामा पुगेको मन्त्री ज्ञवालीको भनाई छ । मंगलबार काठमाडौँमा नेपाल वायुसेवा निगम कर्मचारी युनियनको चुनावी सभामा बोल्दै उनले आफु २०६३ सालमा पर्यटनमन्त्री बन्दा यस्तो प्रवृत्तिलाई ब्रेक लगाएको दावी गरे ।

चुनावी सभालाई सम्बोधन गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले निगम जहाज विहिन बन्न नहुने तर्क राखे । जहाज नै नभए निगमको अस्तित्व नै नरहने भन्दै विभिन्न बहानामा निगमलाई जहाज विहिन बनाउन खोज्ने वा भएका जहाजलाई उड्न नदिने जोकोहीको चलखेललाई सरकारले निस्तेज पार्ने समेत उनले बताए ।

निगम डुबाउने षडयन्त्र भइरहेको दावी गर्दै मन्त्री ज्ञवालीले व्यवस्थापन समिति, सञ्चालक समिति र कर्मचारी युनियनलाई यसप्रति सचेत रहन आग्रह समेत गरे । पछिल्लो समय जहाज खरिदमा अनियमितता भएको भन्ने प्रसंगमा उनले यसलाई संसदीय समिति वा संसदका विभिन्न निकायले अनुसन्धान गरिरहेको र चाँडै नै सत्यतथ्य पत्ता लगाउने दावी गरे ।

कार्यक्रममा बोल्दै उनले निगमको निजिकरण कुनै हालतमा हुन नसक्ने जिकिर गरे । राज्य सञ्चालनका केही निश्चित दायराभित्र कतिपय निकाय राज्यको कमाण्डमा हुनुपर्छ भन्दै मन्त्री ज्ञवालीले राष्ट्रिय झण्डावाहक वायुसेवा निगम पनि राज्यको महत्वपुर्ण निकाय भएकाले यो राज्यकै कमाण्ड अन्र्तगत हुने बताए । निगम निजिकरण गर्नुपर्छ भन्दै केही तत्व भ्रम सिर्जना गर्न लागिपरेको दावी गर्दै उनले त्यसो नगर्न चेतावनी दिए ।

निगमका सञ्चालक तथा व्यवस्थापन समितिलाई नयाँ नयाँ गन्तव्यको खोजी गर्न आग्रह गर्दै मन्त्री ज्ञवालीले युरोपले लगाएको प्रतिबन्ध हटाउन आफुले प्रयास गरिरहेको बताए । मन्त्री ज्ञवाली ‘भन्छन् हामीलाई जहाज बेच्ने र हाम्रा पाइलटलाई तालिम दिनेले नै प्रतिबन्ध लगाउन अनुचित छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध अख्तियारमा उजुरी
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
व्यापारिक साम्राज्यदेखि संसदीय यात्रासम्म: नीतिगत सुधारको अवसर कि स्वार्थको टकराव?
सङ्कटमा छन् झलनाथले सम्झिएका असला
सङ्कटमा छन् झलनाथले सम्झिएका असला
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित
सन्दीप लामिछाने विरुद्धको मुद्धाको सुनुवाइ स्थगित
इन्टरनेटमा भाइरल तरकारीवाली कुशुम श्रेष्ठ सङ्ग लिइएको पहिलो अन्तर्बार्ता, के भन्छिन कुशुम हेर्नुहोस…
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
अन्तर्राष्ट्रिय भोजपुर गोल्डकपमा आठ टोली सहभागी
अर्को बर्ष नेपालमा आउँदै पानीजहाज
अर्को बर्ष नेपालमा आउँदै पानीजहाज
सेक्सको कारण ज्यान गुमाउने यी महारानी
सेक्सको कारण ज्यान गुमाउने यी महारानी
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
सेनासँग जुध्ने दरवारिया, निर्वाचन आयुक्तमा ​सिफारिसमा…
विश्व कीर्तिमानी गीतकार उपाध्यायको उपन्यास र गीतिसंग्रह सार्वजनिक
विश्व कीर्तिमानी गीतकार उपाध्यायको उपन्यास र गीतिसंग्रह सार्वजनिक