चलचित्र ‘मंगलम’को ‘कभर सङ’ सार्वजनिक (भिडियो)

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २१, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चलचित्र ‘मंगलम’को ‘कभर सङ’ सार्वजनिक (भिडियो)

सारांश

  • काठमाडौं, माघ २१ ।
  • समयअनुसार गीतसंगीतमा नयाँनयाँ चलन चलेको देखिन्छ ।
  • कस्ता गीतलाई श्रोता दर्शकले मन पराउँछन् भन्ने कुरा त्यस्ता चलनले पनि केही हदसम्म तय गर्ने गर्छ ।

काठमाडौं, माघ २१ । समयअनुसार गीतसंगीतमा नयाँनयाँ चलन चलेको देखिन्छ । कस्ता गीतलाई श्रोता दर्शकले मन पराउँछन् भन्ने कुरा त्यस्ता चलनले पनि केही हदसम्म तय गर्ने गर्छ ।

अहिले नयाँ चलनको कुरा गर्दा ‘कभर सङ’ चल्तीमा छ । ‘कभर सङ’को प्रचलन बढेपछि नयाँ पुस्ताले पुराना गीतहरू खोजीखोजी सुन्न र गाउन थालेका छन् । पुराना गीतको नयाँ भर्सन अर्थात् ‘कभर सङ’ले यूट्युब रंगिएको छ ।

त्यस्तै एक उदाहरण हो– प्रेम, बदला र द्वन्द्वको कथा बोकेको चलचित्र ‘मंगलम’ मा समावेश गरिएको ‘पर्ख–पर्ख मायालु’ बोलको गीतलाई शिखरन्यूज टिभीले बनाएको कभर सङको भिडियो सार्वजनिक भएको छ ।

शिखरन्यूजको आफ्नै युट्युब च्यानलबाट कभर सङ सार्वजनिक गरिएको हो । फागुन २५ गतेबाट प्रर्दशनमा आउने चलचित्र ‘मंगलम’को सार्वजनिक गरिएको कभर सङको गीतमा सुदन ज्ञवाली, मनिषा त्रिपाठी, सुजन श्रेष्ठ र नकुल खतिवडाको अभिनय रहेको छ ।

शिखरन्यूजले तयार पारेको कभर सङमा कोरियोग्राफी आशिष रुम्बाको रहेको छ भने छायाकंन र सम्पादन विस्नु फडेराले गरेका छन् ।

फिल्मको गीतमा कृष्ण काफ्ले र बिन्दु परियारको स्वर रहेको छ भने शब्द संगीत दीपक शर्माको रहेको छ । त्यस्तै गीतको कम्पोजर नरेन्द्र वियोगीले गरेका छन् भने कोरियोग्राफी कविराज गहतराजको छ । फिल्ममा पुष्प खड्का र शिल्पा पोखरेलेको मुख्य अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?