स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु
सारांश
- १९ असोज, काठमाडौं ।
- दशैंमा स्थगित भएको डा.
- गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।
१९ असोज, काठमाडौं । दशैंमा स्थगित भएको डा. गोविन्द केसीको १३ अाैं आमरण अनसन आजबाट फेरि सुरु भएको छ ।
संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थालेका थिए । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उनले फूलपातीका दिन अनसन स्थगित गरे ।
त्यसबेला नै उनले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताएका थिए । सोही अनुसार डा. केसीले अाजबाट अामरण अनसन सुरू गरेका हुन् ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसकेका छन् ।
प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Ramesh Wagle
नाम अननासन प्रसाद
Bikash Blon
नाट कै बद्री