पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पर्वतमा ७ प्रतिशत खेतमा धान राेपाइँ हुन बाँकी !

सारांश

  • फलेवास, २० साउन ।
  • पर्वतकाे सात प्रतिशत खेतमा रापाइँ हुन नसक्दा अझै बाँझै छ ।
  • जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो ।

फलेवास, २० साउन । पर्वतकाे सात प्रतिशत खेतमा रापाइँ हुन नसक्दा अझै बाँझै छ । जनशक्ति तथा सिँचाइ अभावका कारण सो परिमाणको खेत बाँझै रहेको हो । कूल धान उत्पादन हुने नौ हजार २१ हेक्टरमध्ये करीब ६३१ हेक्टर खेतमा रोपाइँ हुन नसकेको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए। यस वर्ष समयमै वर्षा शुरु भए पनि गत वर्षभन्दा कम क्षेत्रफलमा रोपाइँ भएको छ । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ हुन सकेको थिएन । कुश्मा नगरपालिकाको कटुवाचौपारीमा नहर भत्किँदा झण्डै २०० रोपनी खेतमा धान रोपाइँ हुन सकेको छैन । फलेवासमा सडक निर्माणले नहर पुरिँदा रोपाइँ हुन सकेको छैन ।

कुश्मा नगरपालिकाका खौलालाकुरी, ठूलीपोखरी, पकुवा, दुर्लुङ, पिपलटारी र आर्थर, फलेवास नगरपालिकाका कार्कीनेटा, शंकरपोखरी, थापाठाना र भँगरा तथा मोदी गाउँपालिकाका देउपुर, देउराली, बाजुङ लगायतका स्थानमा असारमै रोपाइँ सकिएको थियो । महाशिला, पैँयु र विहादी गाउँपालिकाका खाली जमीनमा पनि समयमै रोपाइँ सकिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिनमध्ये बाह्रै महिना सिँचाइ सुविधा पुगेको झण्डै सात हजार हेक्टर जमिन छ । सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर तथा कम उत्पादन हुने बनौँमा चार हेक्टर जमिन रहेको छ । जिल्लामा छेमरोङ, खुमलटार, गौरिया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको कृषि कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?