भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
३७ पटक हेरिएको
Shares
भारतको कर्नाटकमा कांग्रेसलाई स्पष्ट बहुमत, सत्तारुढ भाजपालाई ठूलो झड्का

सारांश

  • काठमाडाैं।
  •   कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ ।
  • निर्वाचन आयोगले दिएको जानकारीअनुसार कर्नाटक बिधानसभामा विजेपीले ६५ सीटमा खुम्चिएको छ ।

काठमाडाैं।  कर्नाटक विधानसभा चुनावमा भारतीय काङग्रेस (काङ्ग्रेस–आई)ले २२४ सिटमध्ये १३६ सिट प्राप्त गरी बहुमत प्राप्त गरेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार कर्नाटक बिधानसभामा विजेपीले ६५ सीटमा खुम्चिएको छ ।

भारतको कर्नाटक राज्यमा भारतीय राष्ट्रिय कांग्रेस पार्टीले बहुमत प्राप्त गरेको छ । कर्नाटक विधानसभाका लागि भएको निर्वाचनको मतपरिणामअनुसार कांग्रेसले १३६ सीट जितेको छ । २२४ सदस्यीय विधानसभामा बहुमतका लागि ११३ सीट आवश्यक पर्छ ।

त्यस्तै, सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले नराम्रोसँग हार बेहोर्नु परेको छ । उसले ६५ सीट मात्रै जितेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अगाडि सारेर चुनावमा होमिएको भाजपाले सत्ता गुमाएको छ । गत निर्वाचनमा १०४ सीट जितेको थियो । तेस्रो स्थानमा रहेको क्षेत्रीय दल जनता दलले १९ सीट जितेको छ भने अन्य साना दल र स्वतन्त्रले चार सिटमा जितेका छन् ।

भारी समर्थन देखिएपछि काङ्ग्रेसले पार्टीको दिल्लीस्थित केन्द्रीय कार्यालय र कर्नाटकस्थित क्षेत्रिय कार्यालयमा पटाका पड्काएर खुशी मनाएका छन् ।

कर्नाटक विधानसधाको २२४ सदस्यका लागि यही मे १० मा सम्पन्न भएको निर्वाचनको मत गणना शनिबार बिहान ८ बजेदेखि शुरू भएको थियो । राजनीतिक दलहरूको चर्को प्रचार–प्रसार भएको यो चुनाव भाजपा र काङ्ग्रेस दुवैका लागि महत्वपूर्ण छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
जनतामाथि कर थोपर्दै भत्ता लिन रोक, कसको कति सुविधा रोकियो ?
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
नयाँ पार्टी खोल्दै माधव नेपाल, झलनाथ र भीम रावलले पाउनेछने यी जिम्मेवारी
kaspersky antivirus review
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
पाँच पत्रकार घाइते, अभिव्यक्ति स्वतन्त्रताको ठाडो हस्तक्षेप : महासङ्घ
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
‘मेरो सरकार’ले नेकपा भित्र बनायो आलोचना र विवाद
वायु सेवा निगमका १४ कर्मचारी कोरोना परास्त गर्न सफल
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन  !
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन !
अखिलका आफ्नै नेताहरुलाई दिपेश पुनले दिए यस्तो झापड
अखिलका आफ्नै नेताहरुलाई दिपेश पुनले दिए यस्तो झापड
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन
तनहुँ–१ का कांग्रेस उम्मेदवार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?