नेपाल टेलिकमको ‘विन्टर अफर’
सारांश
- नेपाल टेलिकमले जाडो मौसमलक्षित विभिन्न प्रकारका ‘विन्टर अफर’ सुरु गरेको छ ।
- पुस ७ देखि सुरु हुने अफर योजना आगामी माघ २१ सम्म जारी रहने टेलिकमले बताएको छ ।
- कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसका रूपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराएको छ ।
नेपाल टेलिकमले जाडो मौसमलक्षित विभिन्न प्रकारका ‘विन्टर अफर’ सुरु गरेको छ । पुस ७ देखि सुरु हुने अफर योजना आगामी माघ २१ सम्म जारी रहने टेलिकमले बताएको छ ।
कम्पनीले विभिन्न प्रकारका डाटा प्याक र बोनसका रूपमा डाटा स्ट्रिमिङ प्याकसमेत उपलब्ध गराएको छ । डाटा स्ट्रिमिङ प्याक युट्युब र वाउटाइम एप्समार्फत टिभी हेर्नका लागि प्रयोग गर्न सकिनेछ ।
विन्टर अल टाइम डाटा प्याक
जिएसएम प्रिपेड-पोस्टपेड तथा सिडिएमए प्रिपेड-पोस्टपेड मोबाइलमा विन्टर अल टाइम डाटा प्याक प्रयोग गर्न सकिनेछ ।
विन्टर अल टाइम डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा र एक दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइनेछ ।
त्यसैगरी ६० रुपैयाँमा १४ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी १५० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी १५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।
१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ५०० एमबी डाटा र ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५०० एमबी स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
प्याक लिन विन२५एमबी, विन१५०एमबी वा विन५०० एमबी लेखेर १४१५ मा एसएमएस पठाउनुपर्नेछ ।
विन्टर नाइट डाटा प्याक
जिएसएम प्रिपेड-पोस्टपेड तथा सिडिएमए प्रिपेड-पोस्टपेड मोबाइलमा नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । यो प्याक बेलुकी १० बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिनेछ ।
बोनसका रूपमा उपलब्ध गराइएको डाटा स्ट्रिमिङ प्याक पनि यही समयमै प्रयोग गर्न सकिने टेलिकमले बताएको छ ।
विन्टर नाइट डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा र एक दिनसम्म उपभोग गर्न पाउने गरी १२० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
त्यसैगरी ६० रुपैयाँमा ७ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा र ३ दिनसम्म उपभोग गर्न पाउने गरी ७०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
१२० रुपैयाँमा २८ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा र ७ दिनसम्म उपभोग गर्न पाउने गरी १६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
विन्टर फेसबुक-इन्स्टाग्राम प्याक
जिएसएम प्रिपेड-पोस्टपेड तथा सिडिएमए प्रिपेड-पोस्टपेड मोबाइलमा विन्टर फेसबुक-इन्स्टाग्राम डाटा प्याक प्रयोग गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।
विन्टर फेसबुक-इन्स्टाग्राम डाटा प्याकअन्तर्गत १२ रुपैयाँमा तीन दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा र एक दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ५० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
यस्तै ६० रुपैयाँमा चौध दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा र ३ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी २७५ एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
१२० रुपैयाँमा २८ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा र ५ दिनसम्म चौबिसै घन्टा उपभोग गर्न पाउने गरी ६०० एमबी डाटा स्ट्रिमिङ प्याक बोनसका रूपमा उपलब्ध गराइएको छ ।
एसएमएस प्याक
जिएसएम प्रिपेड-पोस्टपेड तथा सिडिएमए प्रिपेड-पोस्टपेड मोबाइलमा एसएमएस प्याकेज प्रयोग गर्न सकिन्छ । प्याकअन्तर्गत १० रुपैयाँमा ५ दिनसम्म उपभोग गर्न पाउने गरी ५० वटा एसएमएस र ५० वटा बोनस एसएमएस समेत उपलब्ध गराइएको छ । यसरी १० रुपैयाँमा १०० वटा एसएमएस गर्न सकिने टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले बताए । एसएमएस प्याक लिन चाहनेले एसएमएस १०० लेखी १४१५ मा एसएमएस पठाउनुपर्छ ।
प्रतिक्रिया