राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १४, २०७७
|
|
४८ पटक हेरिएको
Shares
राष्ट्रिय फुटबल टोलीका चार खेलाडीमा कोरोना संक्रमण

सारांश

  • काठमाडौं, कार्तिक १४ ।
  • नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ ।

काठमाडौं, कार्तिक १४ । नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको जनाएको छ ।

कोरोना देखिएका चारै खेलाडी सेल्फ आइसोलेसनमा बसेका छन् । नेपालले बङ्गलादेशसितको मैत्रीपूर्ण खेलका लागि बिहीबारदेखि प्रशिक्षण शुरु गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुरु भएको प्रशिक्षणमा ३० खेलाडी उपस्थित भएका थिए । नेपालले बङ्गलादेशसित ढाकास्थित बङ्गबन्धु रङ्गशालामा पहिलो मैत्रीपूर्ण खेल यही कात्तिक २८ गते तथा दोस्रो मैत्रीपूर्ण खेल आगामी मङ्सिर २ गते खेल्ने तय भएको एन्फाले जनाएको छ ।

एन्फाले खेलाडीलाई त्रिपुरेश्वरस्थित वल्र्ड ट्रेड सेन्टरमा राखेको छ । प्रशिक्षणका लागि राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले एन्फालाई अनुमति दिएको हो । नेपालले बाल गोपाल महर्जनको नेतृत्वमा तयारी शुरु गरेको छ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेकाले एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।

टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
Meet reel life LK Advani and Lalu Prasad Yadav from Anupam Kher starrer ‘The Accidental Prime Minister’
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
खटाएको प्रदेशमा नजाने कर्मचारीलाई बर्खास्त गर्ने सरकारको तयारी
प्रियंका चोपडाले भारतीय सेनाको समर्थन गरेको भन्दै अमेरिकामा आक्रोश
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
माओवादी केन्द्रको ५ सय ८३ केन्द्रीय कमिटीमा ३५ थपिँदै
यि हुन सबैभन्दा भ्रष्टाचार हुने मन्त्रालय तथा निकायहरू !
यि हुन सबैभन्दा भ्रष्टाचार हुने मन्त्रालय तथा निकायहरू !
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
युरोकपमा स्लोभाकियामाथि युक्रेनको कमब्याक जित
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
राजनीति ठीक नभई देश बन्दैनः सांसद बस्नेत
राजनीति ठीक नभई देश बन्दैनः सांसद बस्नेत