भारतबाट तीन चेलीको उद्धार, परिवारमा पुनर्मिलन

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १७, २०७४
|
|
२७ पटक हेरिएको
Shares
भारतबाट तीन चेलीको उद्धार, परिवारमा पुनर्मिलन

सारांश

  • चितवन, १७ माघ ।
  • एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ ।
  • बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो ।

चितवन, १७ माघ । एक महिनाकै अवधिमा भारतबाट तीन चेलीको उद्धार गरिएको छ ।

बेचबिखन र हिंसा प्रभावितलाई उद्धार पुनःस्थापन तथा सीप सिकाएर आत्मनिर्भर बनाउने काममा सक्रिय रहेको केआइ नेपालको पहलमा भारतबाट एक महिनामै तीन चेलीको उद्धार भएको हो ।

उद्धार गरिएका तीनैजनालाई चितवनको भरतपुरस्थित केआइ नेपालको पुनःस्थापन गृहमा राखिएको छ । पछिल्लोपटक मंगलबाट मात्रै एकजना चेलीको उद्धार गरी चितवनमा ल्याइएको छ । यो आर्थिक वर्ष लागेपछि साउनदेखि अहिलेसम्म पाँच चेलीको उद्धार भएको केआइ नेपाल चितवनका संयोजक केमिका घिमिरेले जानकारी दिए ।

एकजनाको आफ्नै श्रीमान्ले नै भारत पु¥याएको अवस्थामा उद्धार गरिएको छ भने अर्की एक जनाको दलालमार्फत बेचिन लागेका बेला उद्धार भएको घिमिरेले बताए ।

एकजना किशोरीलाई भारत हुँदै दुबई लगेको र दुबईमा मेडिकल परीक्षणमा दाग देखिएपछि फिर्ता गरेर भारतको होटलमा राखेको अवस्थामासम्पर्कमा आउन सफल भएपछि उनको उद्धार गरिएको बताइएको छ ।

अहिले उद्धार गरिएका तीनै जनालाई भरतपुरमा मनोविमर्श सेवासँगै सीप सिकाउन थालिएको छ । अर्को एक जनालाई आफन्तमार्फत भारत पुगेका बेला उद्धार गरिएको छ । मंगलबार मात्रै चितवन आइपुगेकी उनको विषयमा आवश्यक अनुसन्धान भइरहेको केआइ नेपालले जनाएको छ ।

उनीहरुलाई भारतमा रहेको दूतावास र भारतको महिला आयोगको सहयोगमा केआइ नेपालका प्रतिनिधिमार्फत उद्धार गरेर नेपाल ल्याइएको हो ।

विभिन्न समयमा उद्धार गरिएका २१ जना अहिले भरतपुरको पुनःस्थापना गृहमा राखिएको र १९ जनाले सीप सिकिरहेको लेखा सहायक पूर्णिमा श्रेष्ठ बताउँछन् । दुईजना भने पढ्दै छन् । गएको एक वर्षमा केआइ नेपालले हिंसा र बेचबिखन प्रभावितलाई उद्धार गरी ४७ जनालाई परिवारमा पुनर्मिलन समेत गराएको छ । जसमा ३५ जनाले सीप सिकेर व्यवसाय गर्न थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो
एसीसी प्रिमियर कप क्रिकेट : नेपालले ओमानलाई हरायो
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
प्रधानमन्त्री ओलीसँग नराम्रोसँग पड्किए प्रचण्ड, सचिवालय बैठक भोलि
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना
सिटिइभीटीमा राष्ट्रिय कर्मचारी संगठनको धर्ना
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
माओवादी केन्द्र निकट पर्यटन संगठनका संयोजक दाहालको विज्ञप्तीप्रति गम्भिर आपत्ति
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
साना तथा घरेलु उद्योगमा लगानी बढाउन सरकारले विशेष पहल गर्छ : प्रधानमन्त्री दाहाल  
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
वर्षाका कारण कहाँ कस्तो प्रभाव ?
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
पक्राउ परेका यातायात व्यवसायीलाई ६ महिना थुन्न सक्ने!
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
झापाकाे १५ सिटमै वाम गठबन्धनकाे क्लिनस्विप, कसले कति मत पाए ?
चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी
चिट्ठा परेको भन्दै ‘इमो’ मार्फत रकम ठगी
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने
आजको मौसम: मध्य तथा पश्चिम तराईमा अत्याधिक गर्मी हुने

तपाईंले छुटाउनुभयो कि?