रामेछाप कांग्रेस सभापति न्यौपानेका छोरा बेपत्ता
सारांश
- नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्योपानेका छोरा आनन्दश्री न्यौपाने बेपत्ता भएका छन् ।
- सोमबार विहान भक्तपुर स्थित घरबाट रामेछाप हिँडेका न्यौपाने बीच बाटोबाटै हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका छन् ।
- ‘परिवारले हामीलाई आनन्दश्री न्यौपाने बेपत्ता भएको भनेर मौखिक खबर गरेको छन्’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) कुमोध ढुंगेलले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा भक्तपुरको साँगा क्षेत्रबाट सम्पर्क विहीन भएको खुलेको छ ।
नेपाली कांग्रेस रामेछापका सभापति लवश्री न्योपानेका छोरा आनन्दश्री न्यौपाने बेपत्ता भएका छन् ।
सोमबार विहान भक्तपुर स्थित घरबाट रामेछाप हिँडेका न्यौपाने बीच बाटोबाटै हराएको भन्दै परिवारले प्रहरीलाई खबर गरेका छन् ।
‘परिवारले हामीलाई आनन्दश्री न्यौपाने बेपत्ता भएको भनेर मौखिक खबर गरेको छन्’ जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख (डिएसपी) कुमोध ढुंगेलले भने, ‘प्रारम्भिक अनुसन्धानका क्रममा भक्तपुरको साँगा क्षेत्रबाट सम्पर्क विहीन भएको खुलेको छ ।’
विहान करिब ९ बजे भक्तपुरबाट रामेछाप जान भनि हिँडेका न्यौपाने राती अबेर पनि रामेछाप सदरमुकाम मन्थली नपुगेपछी परिवारले प्रहरीलाई खबर गरेका थिए । पारिवारिक स्रोतका अनुसार स्थानिय चुनाव खर्च प्रयोजनका लागी साथमा चार लाख बोकेर उनि रामेछाप जाँदै थिए । उनले बोकेको मोवाईल मध्यान्ह करिब १२ बजेदेखी स्विच अफ भएको थियो ।
आनन्दश्री कहाँ छन् भन्नेबारे भक्तपुर प्रहरीले अनुसन्धान गरिरहेको बताईएको छ ।
प्रतिक्रिया