भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १२, २०७४
|
|
२४ पटक हेरिएको
Shares
भारतलार्इ हराउँदै नेपाल बन्यो यू-१८ साफ च्याम्पियन

सारांश

  • काठमाडौं ।
  • भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।
  • भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन ।

काठमाडौं । भारतलाई २–० ले हराउँदै नेपालले १८ वर्षमुनिको साफ च्याम्पियनसिपको उपाधी जितेको छ ।

भुटानको थिम्पुमा भएको यो खेलको हिरो बने दिनेश हेन्जन । उनले दोस्रो मिनेटमै गोल गरेर नेपाललार्इ अग्रता दिलाएका थिए । खेलको ३७ औँ मिनेटमा फेरि हेन्जनले नै अर्को गोल थपे । त्यसपछि पनि कुनै  गोल हुन सकेन र नेपालले २–० ले खेल जित्यो ।

यसअघिको विजेता नेपालले उपाधी जोगाउन जित्नै पर्ने दबावमा थियो ।

गएको सोमबार नेपालले बंगलादेशलाई २–१ ले हराएको थियो भने शुक्रबार नेपालले माल्दिभ्सलाई २–०  ले हराएको थियो । पहिलो खेलमा भने नेपाल इतिहासमै पहिलोपटक भुटानसँग १–० ले पराजित भएको थियो ।

बुधबार नै भएको अर्को खेलमा बंगलादेशले आयोजक भुटानलाई २–० ले हरायो । नेपाल भारतसँग पराजित भए या बराबरी भएको अवस्थामा पहिलो खेलमा भारतलाई हराएको बंगलादेश हेड टु हेडका आधारमा च्याम्पियन बन्ने थियो तर नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधी रक्षा गरेको छ ।

प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?