११ वर्षीय बालक महाकालीमा बेपत्ता !

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०७५
|
|
३२ पटक हेरिएको
Shares
११ वर्षीय बालक महाकालीमा बेपत्ता !

सारांश

  • डडेल्धुरा, १६ साउन ।
  • बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् ।
  • महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ ।

डडेल्धुरा, १६ साउन । बाख्रा चराउन गएका ११ वर्षीय बालक पानी खान खोज्दा ढुंगाबाट चिप्लेर महाकाली नदीमा बेपत्ता भएका छन् । महाकाली नदीले बगाएर डडेल्धुरा पर्शुराम नगरपालिका–५ का प्रवेश सिंह बेपत्ता भएका इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । जिल्लाको पर्शुराम नगरपालिका–५, परिगाउँका ११ वर्षीय प्रवेश सिंह मंगलबार साँझ बाख्रा चराउने क्रममा नदीका पानी पिउन खोज्दा महाकालीमा बगेर बेपत्ता भएका हुन् ।

बाख्रा चराउन गएका सिंह पानी पिउने क्रममा ढुंगाबाट चिप्लेर नदीमा बगेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक ईश्वरीदत्त पाण्डेयले बताए । प्रहरी र गाउँलेले उनको खोजी कार्य जारी राखेको भए पनि अहिलेसम्म फेला नपरेका इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए। बेपत्ता बालकको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय जोगबुढालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?