भारतले चन्द्रमामा पठायो चन्द्रयान

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ६, २०७६
|
|
३० पटक हेरिएको
Shares
भारतले चन्द्रमामा पठायो चन्द्रयान

सारांश

  • काठमाडौं।
  • भारतले आफ्नो अन्तरिक्ष इतिहासमै पहिलो पटक चन्द्रमाको सतहमै अवतरण गर्नेगरी अन्तरिक्षयान पठाएको छ ।
  • चन्द्रयान–२ नाम दिइएको यो यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ ।

काठमाडौं। भारतले आफ्नो अन्तरिक्ष इतिहासमै पहिलो पटक चन्द्रमाको सतहमै अवतरण गर्नेगरी अन्तरिक्षयान पठाएको छ । चन्द्रयान–२ नाम दिइएको यो यान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ । अहिलेसम्म चन्द्रमाको दक्षिणी ध्रुवमा कुनै पनि अन्तरिक्षयान अवतरण गरेको छैन ।यो भारतले यसअघि पठाएको चन्द्रयान १ कै दोस्रो संस्करण हो ।

चन्द्रयान १ मा भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले अर्बिटर मात्र पठाएको थियो । यसपटक भने अर्बिटरसँगै ल्याण्डर र रोभर पनि पठाइएको थियो । यसअघि पठाइएको अर्बिटर चन्द्रमाको कक्षमा मात्र पुगेर चन्द्रमाको परिक्रमा गरेको थियो । अहिले पठाइएको अर्बिटर पनि चन्द्रमाको कक्षमा नै रहनेछ

तर अर्बिटरसँगै पठाइएका ल्याण्डर र रोभर अर्बिटरबाट छुट्टिएर चन्द्रमाको सतहमा अवतरण गर्नेछन् । अर्बिटरले चन्द्रमाको कक्षामा घुमेर चन्द्रमाको सतहको नक्शा तयार गर्नेछ । अर्बिटरले पृथ्वीको समयअनुसार १ वर्ष काम गर्नेछ । अर्बिटरबाट छुट्टिएर चन्द्रमाको सतहमा जाने ल्याण्डर र रोभरले चन्द्रमाको समयअनुसार १ दिन ९पृथ्वीको समयअनुसार १४ दिन० काम गर्नेछन् ।

ल्याण्डरले चन्द्रमामा भूकम्प आउँछ कि आउँदैन भन्ने विषयमा अनुसन्धान गर्नेछ भने रोभरले चन्द्रमाको सतहमा भएका खनिज तत्व, तिनीहरुको मात्रा आदिको बारेमा अनुसन्धान गर्नेछ । चन्द्रयान–२ आज लञ्च भएको भए पनि ४८ दिनपछि मात्र चन्द्रमाको सतहमा अवतरण गर्नेछ । त्यहाँ जानुअघि यसले पृथ्वीको ४ पटक परिक्रमा गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
राष्ट्रपति भण्डारीद्वारा कृष्ण मन्दिर दर्शन
नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा
नेपाली ‘मारुनी’संगै साउथ इण्डियन चलचित्र ‘साहो’ प्रदर्शनमा
बंगलादेश पुग्ने भयो नेपालको ‘नौगेडी’
बंगलादेश पुग्ने भयो नेपालको ‘नौगेडी’
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
कोरोना आशङ्का गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
पुरुष भलिबलमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो स्वर्ण
धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु
धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु
रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
रेणु दाहालको निवासमा प्रचण्ड र भारतीय दूतको भेटवार्ता, के भयो कुराकानी ?
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
डेढ अर्ब बैंक घोटालामा राष्ट्र बैंककै हात ? प्रधानमन्त्री–अर्थमन्त्रीबीच छलफल !
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे
भूवनले अनमोलको फोटो खिचेकै पैसा मागे

तपाईंले छुटाउनुभयो कि?