नेशनल एफ एममा तिज गीत प्रतियोगिता तयारी अन्तिम चरणमा
सारांश
- सञ्जय अाचार्य पाेखरा लेखनाथ पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा रहेको नेशनल एफ एमले विगतका वर्षमा जस्तै यस वर्ष पनि संस्कृतिको जगेर्ना गर्ने उद्धेश्येले नेपाली नारीको महान पर्व हरितालिका तिजको पावन अवसरमा यही भाद्र ८ गते नेशनल एफ एमको प्राङ्गणमा तिज गीत प्रतियोगिताको आयोजना गरेको छ ।
- प्रतियोगिता अन्तिम तयारीमा रहेको छ ।
- उक्त प्रतियोगितामा समूह दर्ता निशुल्क रहने र वातावरण संरक्षण भन्ने विषयवस्तु रहेको छ ।
सञ्जय अाचार्य
पाेखरा लेखनाथ
पोखरा लेखनाथ महानगरपालिका २७ तालचोकमा रहेको नेशनल एफ एमले विगतका वर्षमा जस्तै यस वर्ष पनि संस्कृतिको जगेर्ना गर्ने उद्धेश्येले नेपाली नारीको महान पर्व हरितालिका तिजको पावन अवसरमा यही भाद्र ८ गते नेशनल एफ एमको प्राङ्गणमा तिज गीत प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगिता अन्तिम तयारीमा रहेको छ ।
उक्त प्रतियोगितामा समूह दर्ता निशुल्क रहने र वातावरण संरक्षण भन्ने विषयवस्तु रहेको छ । कार्यक्रमलाई भव्यरुपमा सम्पन्न गर्न विशाल सुनारको संयोजकत्वमा मञ्च व्यवस्थापन उपसमिति, निर्मल भट्टराइको संयोजकत्वमा प्रायोजन उपसमिति, प्रमोद कुमार पौडेलको संयोजकत्वमा पत्रचार उपसमिति, कृष्ण लामिछानेको संयोजकत्वमा दर्ता उपसमिति, विशुराज वरालको संयोजकत्वमा प्रचार प्रसार उपसमितिको गठन गरिएको कार्यक्रम संयोजक रोशन कोइरालाले जानकारी दिए ।
त्यस्तै गरी रेडगोल्ड इन्टरटेन्मेन्ट , शिखर न्यूज डट कट , मिडिया डबली मिडिया पाटनर रहने शिखर न्यूजका समाचार सम्पादक सञ्जय अाचार्यले जानकारी दिए । प्रतियोगितामा जम्मा १५ समू सम्मलाई मात्र प्रतियोगितामा सहभागी गराइने प्रतियोगितामा यही भाद्र ७ गते वेलुका ७ बजे भित्र समूह दर्ता गरिसक्नुपर्ने संयोजक कोइरालाले बताए ।
प्रतियोगितामा प्रथम हुने समूहलाइ नगद रु १० हजार , द्धितिय नगद रु ७ हजार , तृतिय रु ५ हजार , सान्त्वनालाइ रु २ हजार र उत्कृष्ट नृत्य तथा भेषभुषालाइ रु १ हजार पुरस्कारको व्यवस्था गरिएको स्टेशन प्रमुख प्रमोद कुमार पौडेलले बताए।
प्रतिक्रिया