भारतले नेपाललाइ दियाे ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ३०, २०७५
|
|
३३ पटक हेरिएको
Shares
भारतले नेपाललाइ दियाे ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस

सारांश

  • काठमाडौं, ३० साउन ।
  • भारतीय राजदुतावासले ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ ।
  • लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

काठमाडौं, ३० साउन । भारतीय राजदुतावासले ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर नेपाललार्इ ३० वटा एम्बुलेन्स र ६ वटा स्कुल बस हस्तान्तरण गरेको छ । लैनचौरस्थित भारतीय दूतावासले नेपालका विभिन्न अस्पताल, परोपकार संस्था तथा शैक्षिक संस्थाहरुलाई एम्बुलेन्स र बसहरु उपलब्ध गराएको हो ।

दूतावासमा बुधबार आयोजित एक समारोहमा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले नेपालका बिभिन्न संघ, संस्थालाई एम्बुलेन्स तथा बसहरु हस्तान्तरण गरेका थिए । कार्यक्रममा भारतीय सेनामा भर्ति भएर सिमा रक्षार्थ खटिरहेकै बेला वीरगति प्राप्त गरेका तथा अपाङ्गता भएका नेपाली परिवारलाई ५ करोड ३५ लाख नगद तथा कम्मल वितरण गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?