भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १, २०७६
|
|
२३ पटक हेरिएको
Shares
भारतसँग अन्तिम गोली रहेसम्म लड्ने पाकिस्तानको चेतावनी

सारांश

  • बीबीसी।
  • भारत प्रशासित कश्मिरलाई प्राप्त विशेष राज्यको मान्यता खारेज गर्ने भारतको निर्णयपछि छिमेकी मुलुक पाकिस्तानले भारत विरुद्ध कडा प्रतिक्रिया जनाउने क्रम जारी छ।
  • शनिबार पाकिस्तानले कश्मिरका लागि अन्तिम सैनिक र अन्तिम गोली रहेसम्म भारतसँग लड्ने चेतावनी दिएको छ।

बीबीसी। भारत प्रशासित कश्मिरलाई प्राप्त विशेष राज्यको मान्यता खारेज गर्ने भारतको निर्णयपछि छिमेकी मुलुक पाकिस्तानले भारत विरुद्ध कडा प्रतिक्रिया जनाउने क्रम जारी छ।
शनिबार पाकिस्तानले कश्मिरका लागि अन्तिम सैनिक र अन्तिम गोली रहेसम्म भारतसँग लड्ने चेतावनी दिएको छ।

पाकिस्तानका विदेश मन्त्री शाह महमुद कुरैशीले भने–पाकिस्तानको व्यवासायिक सेना भारतसँग लड्न तयार छ। हाम्रा सबै संस्था भारत विरुद्ध लड्न लागि पूर्ण रुपले तयार छन्।’ विदेश मन्त्री कुरैशीको यस्तो अभिव्यक्ति पाकिस्तानमा कश्मिरका विषयमा गठन गरिएको विशेष समितिको बैठक पछि आएको हो।

इन्टर–सर्भिस पब्लिक रिलेशनका निर्देशक जनरल मेजर आसिफ गफुरले पनि कश्मिरका लागि पाकिस्तान अन्तिम सेना र अन्तिम गोली रहेसम्म लडिरहने बताए।

जनरल गफुरले भने–भारतले स्वतन्त्र कश्मिरको विषयलाई बिर्सिएर आफ्नो नियन्त्रणमा रहेको कश्मिरका विषयमा सोच्नुपर्छ। पाकिस्तान भारतको कुनै पनि दुश्साहसको जवाफ दिन तयार छ।’
विदेश मन्त्री कुरैशीले कश्मिरका विषयमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको बैठक ऐतिहासि भएको बताए। उनले सुरक्षा परिषदका कुनै पनि स्थायी सदस्यले यो बैठकको विरोध नगरेको भन्दै उनले त्यसलाई पाकिस्तानको ठूलो उपलब्धी भएको दाबी गरे। यद्यपी पाकिस्तानकै केही पूर्व कुटनीतिज्ञले यो बैठकलाई उपलब्धिहीन भएको बताएका थिए।

अमेरिकाका लागि पाकिस्तानी पूर्व राजदूत हुसैन हक्कानीले ट्वीट गर्दै भने–पाकिस्तानलाई मात्र चीनको समर्थन मिलेको छ। सुरक्षा परिषदका कश्मिरका विषयमा पाकिस्तानको चासोलाई केवल चीनको मात्र समर्थन प्राप्त भएको छ। र कुनै पनि सदस्य राष्ट्र औपचारिक बैठकका लागि तयार भएनन्। यस्तो अवस्थामा पाकिस्तान कश्मिरको अन्तर्राष्ट्रियकरण गर्न कसरी सफल भयोरु’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?