राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ९, २०७५
|
|
२० पटक हेरिएको
Shares
राष्ट्रपतिलाई गाडी किन्न खोज्दा मिडियाले देखि सहेनन् : रक्षामन्त्री

सारांश

  • राष्ट्रपतिको गाडीको विषयलाई लिएर निन्दा भइरहेका बेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वचाउँ गर्दै गाडी किन्ने पुरानै प्रक्रिया अघि बढाइएको बताए ।
  • उनले विमस्टेकका बेला राष्ट्रपतिलाई एउटा गतिलो गाडी पनि नभएको भन्दै आलोचना गर्ने मिडियाले नै अहिले विरोध गरिरहेको बताए ।
  • कलेज अफ मास कम्युनिकेसन एण्ड जर्ना्लिजम बूढानीलकण्ठको ’आदिम मिडिया हाउस’ उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले नेपाली पत्रकारिता क्षेत्र अनुसन्धानमुलक भन्दा सतही भएको गुनासो गरे ।

राष्ट्रपतिको गाडीको विषयलाई लिएर निन्दा भइरहेका बेला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले वचाउँ गर्दै गाडी किन्ने पुरानै प्रक्रिया अघि बढाइएको बताए । उनले विमस्टेकका बेला राष्ट्रपतिलाई एउटा गतिलो गाडी पनि नभएको भन्दै आलोचना गर्ने मिडियाले नै अहिले विरोध गरिरहेको बताए ।

कलेज अफ मास कम्युनिकेसन एण्ड जर्ना्लिजम बूढानीलकण्ठको ’आदिम मिडिया हाउस’ उद्घाटन कार्यक्रममा बोल्दै पोखरेलले नेपाली पत्रकारिता क्षेत्र अनुसन्धानमुलक भन्दा सतही भएको गुनासो गरे । उनले प्रचारमुखी भन्दा तथ्यमुखी समाचार लेखे मात्रै पत्रकारिता क्षेत्रको गरिमा बढ्ने बताए ।
सञ्चारमाध्यमबारे नै बोल्न अधिकांश समय खर्चिएका उनले सञ्चार क्षेत्रलाई धेरै विश्वास गरेको बताउँदै त्यसलाई जोगाउन सञ्चार क्षेत्र संवेदनशील बन्नुपर्ने जिकिर गरे ।

देशबाट प्रतिभा र श्रम पलायनको अवस्था डरलाग्दो रहेको भन्दै उनले नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन नगरे यो जटिलता झनै बढेर जाने बताए । पोखरलले नेपालमा प्राविधिक शिक्षालय स्थापनाको पहल सरकारले गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?