आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
१९
|
५६ पटक हेरिएको
Shares
आईजीपीद्वारा प्रधानमन्त्रीले राजिनामा दिन दिएको दबाब अस्वीकार, जबर्जस्ती गरे सर्वाेच्च जाने

सारांश

  • काठमाडौं ।
  • सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नाममा हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ ।

प्रधानमन्त्री देउवाले गृहमन्त्री जनार्दन शर्मालाई प्रहरी महानिरीक्षक परिर्वतनका लागि तयारी गर्न निर्देशन दिएको स्रोतले जानकारी दियो। प्रधानमन्त्री देउवाले प्रहरी महानिरीक्षक आर्याललाई पदबाट राजीनामा दिन र राजीनामा पछि कुनै एक संवैधानिक आयोग वा विदेशस्थित कूटनीतिक नियोगमा नियुक्ति दिने बताउनु भए पनि प्रहरी महानिरीक्षक अर्यालले भने प्रधानमन्त्रीको प्रस्तावलाई अस्वीकार गरेपछि हटाउने तयारी गरेको एक उच्च सुरक्षा अधिकारीले जानकारी दिए ।

प्रहरी महानिरीक्षक अर्यालले आफूले राजीनामा नदिने, पदबाट सरकारले बर्खास्त गरे कानुनी उपचारमा जाने मनस्थिति बनाएको ती सुरक्षा अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवा र हाल महानगरीय आयुक्त कार्यालयमा कार्यरत एआईजी चन्द पटक पटक भेट भएको र प्रधानमन्त्रीले जुनसुकै हालतमा आईजीपी बनाउने आश्वासन दिएपछि चन्द अहिले आफ्ना निकटका प्रहरी अधिकृतहरूलाई रानीपोखरी बोलाएर भावी योजना बनाउन व्यस्त रहेको पनि ती अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको महासभामा जानुअघि पनि एआईजी चन्दलाई प्रधानमन्त्री कार्यालयमा बोलाएर तयारी अवस्थामा रहनसमेत निर्देशन दिएको बताइएको छ। प्रधानमन्त्री देउवाले दशैंको बिदामा नै प्रहरी प्रमुख परिर्वतन गर्ने तयारी गरेको पनि ती अधिकारीले जानकारी दिए ।गृहमन्त्री शर्माले पटक पटक विवादमा परेको प्रहरी संगठनमा हस्तक्षेप गर्दा त्यसको सन्देश राम्रो नजाने भएकाले त्यसमा आफू सहमत हुन नसक्ने बताएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री निवासमा बोलाएर आईजीपी परिर्वतनका बारेमा जानकारी गराएका थिए ।

‘माओवादी अध्यक्ष दाहालले गृहमन्त्री शर्मालाई प्रधानमन्त्रीको सन्देश सुनाएपछि गृहमन्त्री पनि अहिले चुप बस्नुभएको छ।’ –ती अधिकारीले भने । सरकारले राजीनामा दिन गरेको आग्रहलाई अस्वीकार गर्नुभएका आईजीपी अर्यालले पनि आफ्ना निकटका उच्च प्रहरी अधिकृतसँग सल्लाह गर्नुभएको छ।यसअघि सरकारले आईजीपीमा नियुक्त गरेका एआईजी चन्दलाई अदालतले हटाइदिएपछि सरकारले बाध्य भएर अर्याललाई आईजीपी नियुक्त गरेको थियो । अदालतले वरीयतालाई ख्याल गरेर आईजीपी नियुक्त गर्न सरकारको नाममा आदेश दिएको थियो। सरकारले अहिले चन्दलाई आईजीपीमा नियुक्त गरे पनि सरकारको निर्णय विवादमुक्त नहुने अवस्था रहेको छ ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलासले वरीयता निर्धारण गरेको थियो ।वरीयतामा १ नम्बरमा नवराज सिलवाल, २ नम्बरमा प्रकाश अर्याल, ३ नम्बरमा बमबहादुर भण्डारी र ४ नम्बरमा जयबहादुर चन्द रहेको फैसलासमेत गरेको थियो । सरकारले चन्दलाई आईजीपी नियुक्त गरे पनि अदालतमा भण्डारीले मुद्दा हाले फेरि चन्द पद धरापमा पर्ने अवस्था देखिन्छ । सरकारले प्रहरी नियमावली परिर्वतन गरेर ७ प्रदेशमा ७ जना आईजीपी र केन्द्रमा प्रहरी महानिर्देशकको व्यवस्था गर्ने र अहिले आईजीपीमा नियुक्त हुने चन्दलाई नै पछि प्रहरी महानिर्देशक बनाउने तयारीसमेत गरेको छ  । नेपालआज

प्रतिक्रिया

19 कमेन्ट

    Comment Author

    Pradip Raj

    Arulai khane bagha le timilai baki rakhdaina

    Comment Author

    संघर्ष शेर्पा गोले

    Yo chor lai ta barkhasta garnu parne

    Comment Author

    Man Bahadur Thapa

    sere chor ke ke garxs gardaija

    Comment Author

    Yam Kumar Katuwal

    अस्ती आइजीबी बनाउदा त सीलवाललाइ समातन लगाउने हजुर हैन अरूलाइ खाने बाघले आफु राख्छ म बाघको साथी बन्छु भन्नु गलत हुनेछ एकदीन मागले रीसउठेपछी चीथोर्छ यो हजुर न वान गलत अब हजुप पालो आउने भयो सर्बोच जाने सबोच्मा पनी दुदको साची बीरालो भए के हुन्छ सील्वाल हाल

    Comment Author

    Prabhat Manandhar

    Good….

    Comment Author

    Puskar Dhami

    Good

    Comment Author

    Arjun Rana

    Good

    Comment Author

    Bhupal Pandey

    Sr ko vision Thik cha

      Comment Author

      Bhupal Pandey

      Kuni halat la regione na Dina sr j parcha parcha

    Comment Author

    Madan Adhikari

    सर्बोच्च मा गयर पनि के गर्ने न्यय पाउने भएता नवराज सिलवाल ले पनि पाउने थिय हाेला पार्टी ले नैबनायकाे न्यायलय कले न्याय पायकाे छर भरतपुर पनि देखेकै हाे

    Comment Author

    Ram Bali Das

    Mero salam6 IGP ji lai keep it up

    Comment Author

    Rijal Krishna

    Sherele Tikal garo hijoshilwa lai pakhalaune lai

    Comment Author

    Yukta Bahadur Subedi

    Aab Army Police Le Lampsare ko Das hunehoena

    Comment Author

    Uttam Das Shrestha

    Aba janatale yesko parinaam aaundo chunab ma dekhaunechha. Yo purai Mangshirko chunab ma dhandali garne shadayenra ho. Nirbachan achaar samhita ko k matalab? Kangress le aaune nirbachan ma dhandali garna bhitra bhitra purai seting milaudai chha.

    Comment Author

    Bhupal Gurung

    Achamma ko rajniti chaldai xa aafnai khushi ko . Aafai pani sonche hune thiyo ki padbat hatnuparda haraunda ko pidaa ..gultyaauxan janatale aagami mangshirma ..achet hunai parxa kaso haiiii..

    Comment Author

    Ishwar Shahi

    raatra heetko baaremaa konai salbalaaucha yahaa ! jo machhiincha uhi thachincha !

    Comment Author

    Saila Lama

    Naxodeko ramro kina xodne

    Comment Author

    Keshav Ojha

    sarbochha sahi bhako bhaye yo kasari igp hunthyo ra

    Comment Author

    Ram Bharati

    लक्ष्मी प्रसाद देबकोटाको त्यो युक्ती याद आयो कुन अदालत जान्छौ आइजिपी साब कुन अदालत जाने हो कुन समाग्री साथ कसरी लाने हो तपाईं हरु जस्तै योग्य शिक्षित र देश हाक्ने हरु लोभ लालच र फ्रीफकेस बोकेर शक्त्ती केन्द्र या नेताहरुकोमा धाउनाले आज प्रहरी संगठनमा कलङको दाग लागेको छ कुनै राजनिती पाटी र नेताले दिएको जागिर होइन आफ्नो योग्यता र दक्षाताले हासिल गरेको जागिरमा भेटी चढाउन पुग्नु समग्र देश जनता र राष्ट्रको हित बिपरित छ यसम कहिले देखी

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 19
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?