आयो पदमाको गीत र प्रियङ्काको अभिनयमा आफ्नै गीत
सारांश
- काठमाडौं, ३१ भदौ ।
- अमेरिकामा बसेर पनि नेपाली गीतसंगीत, साहित्य र समाजसेवामा सक्रिय नाम हो, पद्मा लिंखामगर ।
- उनै पद्माले भर्खरै बजारमा ल्याएकी छन्, आफ्नै गीत ।
काठमाडौं, ३१ भदौ । अमेरिकामा बसेर पनि नेपाली गीतसंगीत, साहित्य र समाजसेवामा सक्रिय नाम हो, पद्मा लिंखामगर । उनै पद्माले भर्खरै बजारमा ल्याएकी छन्, आफ्नै गीत ।
गीतकार पद्मा लिंखामगरको शव्द रहेको “आफ्नै गीत”ले रेडियो नेपालको ६८ औं वार्षिक उत्सवको अवसरमा रेडियो नेपालले आयोजना गरेको राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगितामा उत्कृष्ट शब्द र संगीतको उपाधि हासिल गर्न सफल भएको थियो । यही गीतलाई पद्माले रेकर्ड गराउनुका साथै यसको म्युजिक भिडियो पनि बजारमा ल्याएकी छन् ।
आफ्नै गीतमा अहिलेकी चर्चित नायिका प्रियङ्का कार्की र आकाश श्रेष्ठको अभिनय रहेको छ । विजय अधिकारीको सुमधुर स्वरले सजिएको यो गीतमा सङ्गीत चाहिँ राजकुमार बगरले दिएका छन् । पद्माको “नजर ३” गीतिएल्बममा रहेको यो गीतका एरेञ्जर कमल सौराग हुन् ।
निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियोको सम्पादन विकास धमलाले गरेका छन् । यो गीतको छायाङ्कन बुद्ध थापाले गरेका छन् । मनोरम दृश्यावलोकनसहित प्रियङ्का र आकाश श्रेष्ठको जीवन्त अभिनयले जोकोहीको पनि मन लोभ्याउँछ ।
हेर्नुहोस् भिडियो
https://youtu.be/49hXgNMLRiQ
प्रतिक्रिया