भारतीय पर्यटकको भीरबाट लडेर निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३, २०८०
|
|
३३ पटक हेरिएको
Shares
भारतीय पर्यटकको भीरबाट लडेर निधन

सारांश

  • पाँचथर ।
  • नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ ।
  • भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो ।

पाँचथर । नयाँ वर्षको अवसरमा नेपाल घुम्न आएका भारतीय पर्यटकको भीरबाट लडेर मृत्यु भएको छ । भारतको सिक्किमका ३४ वर्षीय केशव गुरुङको गए राति भीरबाट लडेर मृत्यु भएको हो ।

नेपाल–भारत सीमावर्ती क्षेत्र चिवाभञ्ज्याङ घुम्न आएका गुरुङको घर फर्कने क्रममा याङवरक गाउँपालिका–१ मेवाखोला नजिकको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङ चार साथीसहित चिवाभञ्ज्याङ घुम्न आएका थिए ।

घटनाबारे अनुसन्धानका लागि जिल्ला प्रहरीको टोली घटनास्थलमा पुगेको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?