प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर १६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
प्रचण्डको सभामा  बम विस्फोट , सर्वसाधारणको भागाभाग ।

सारांश

  • कपिलवस्तु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।
  • वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ।
  • सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ।

कपिलवस्तु- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेको सभालाई लक्ष्य गर्दै जिल्लाको मायादेवी गाउँपालिका पकडीमा बम विस्फोट गराइएको छ ।

वाम गठबन्धनले आज आयोजना गरेको आमसभालाई सम्बोधन गर्न जिल्लाको पकडी पुगेका पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष दाहालले आमसभामा सम्बोधन टुँग्याएलगत्तै ठूलो आवाजका साथ विस्फोट भएको छ।

सभा समापन भइसकेका कारण विस्फोटबाट भने कुनै क्षति नभएको प्रहरीले जनाएको छ। विष्फोटको आवाजसँगै सभामा आएका सर्वसाधारणको भागाभाग भएको छ। पूर्व प्रधानमन्त्री दाहालले सम्बोधन गरेको मञ्‍चबाट करिब १०० मिटरको दूरीमा विस्फोट भएको हो । घटनास्थललाई नियन्त्रणमा लिएर नेपाली सेनाको टोलीले अनुसन्धान गरिरहेको छ।

मतदानको दिन नजिकिँदै गर्दा जिल्लामा बम विस्फोटका घटना बढ्न थालेको छ। शुक्रबारमात्रै जिल्लाका विभिन्न तीन स्थानमा बम विस्फोट भएको थियो । जिल्लामा थप बम विस्फोटका घटना हुन नदिन र मतदान प्रक्रिया भयरहित वातावारणमा सम्पन्न गराउन जिल्लाका तीनवटै सुरक्षा निकायलाई सघन ढंगबाट परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी
अझै नौ स्वास्थ्यचौकी पुनःनिर्माण गर्न बाँकी
बैतडीका ६ स्थानीय तहमा  एमालेको अग्रता
बैतडीका ६ स्थानीय तहमा एमालेको अग्रता
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त
कांग्रेससँग एकता गर्ने कमल थापाको संकेत, राखे यस्तो सर्त
एमाले मेयरको घोषणाः अब इटहरी नै प्रदेशको राजधानी !
एमाले मेयरको घोषणाः अब इटहरी नै प्रदेशको राजधानी !
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
धनकुटामा एमालेलाई उछिन्दै श्रम संस्कृति अगाडि
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
सरकार मनसुनजन्य विपद्को पूर्वतयारीमा
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
गैर आवासीय नेपालीको विश्व सम्मेलन आजबाट सुरु, अध्यक्षमा पन्त र आचार्य भिड्दै
मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
मुगुमा काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
सभामुख पद रिक्त हुँदा पाँच वटा विधेयक प्रमाणिकरण हुन सकेनन्
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या
यसरी गरेका थिए नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीले आफ्नै श्रीमती टिका बुढाथोकीको हत्या