भारतीय विदेशमन्त्रीको भ्रमण कुटनीतिक मर्यादाविपरीत : पूर्वराजदूत उपाध्याय
सारांश
- काठमाडौं, १९ माघ ।
- भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।
- नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वराजदूत उपाध्यायले भनेका छन्, “ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपूर्व न भारतले भन्यो न ओलीले देशलाई जानकारी गराए ।
काठमाडौं, १९ माघ । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमण कुटनीतिक मर्यादाविपरीत रहेको बताएका छन् ।
नेपाली कांग्रेसका नेतासमेत रहेका पूर्वराजदूत उपाध्यायले भनेका छन्, “ओलीले निमन्त्रणा गरेको बताइएपनि आउनुपूर्व न भारतले भन्यो न ओलीले देशलाई जानकारी गराए । कुटनीतिक मर्यादा विपरित भएका भेटघाटले अन्ततः नेपाललाई हानी पुग्छ ।”
पूर्वराजदूत उपाध्यायले विदेशमन्त्री स्वराजसँगको भेटघाट पनि कुटनीतिक फ्रेमभित्र नरहेको बताएका छन् । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज कसको निमन्त्रणामा नेपाल आएको हो भन्ने नै स्पष्ट नभएको उपाध्यायले बताए ।
भ्रमणबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग कुनै सल्लाह नभएको प्रति इंगित गर्दै भने, “भारतीय प्रधानमन्त्री मोदीलाई आउनूपूर्व र फर्केपछि व्रिफिङ हुन्छ तर नेपालमा त्यो देखिएन ।”
स्वराजको भ्रमण सरकार वा ओलीको कसले निमन्त्रणा गरेको पारदर्शी नभएको उपाध्यायको दावी छ । कुटनीतिक फ्रेममा नपरेका विगतका घटनाबाट नेपालले पाठ सिक्न नसकेको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया