नेपाल आइडल सिजन २ को ‘फिनाले’ आज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०७५
|
|
२५ पटक हेरिएको
Shares
नेपाल आइडल सिजन २ को ‘फिनाले’ आज

सारांश

  • काठमाडौं, ६ पुस ।
  •  नेपालकै सर्बाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को ग्रान्ड फिनाले आज (शुक्रबार) हुने भ​एको छ ।
  • ‘नेपाल आइडल सिजन २’ ले टप ४ प्रतिस्पर्धी पाइसकेको छ।

काठमाडौं, ६ पुस । नेपालकै सर्बाधिक चर्चित रियालिटी शो ‘नेपाल आइडल’ सिजन २ को ग्रान्ड फिनाले आज (शुक्रबार) हुने भ​एको छ । ‘नेपाल आइडल सिजन २’ ले टप ४ प्रतिस्पर्धी पाइसकेको छ।

आज (शुक्रबार) साँझ ५ बजे ‘नेपाल आइडल सिजन २’ को ग्रान्ड फिनाले पुल्चोक ईन्जिनियरिङ क्याम्पस ग्राउन्डमा हुने भ​एको छ । नेपाल आइडलको बिजेता पाउने तयारीमा रहेको नेपाल आइडलमा बिक्रम बराल , सुमित पाठक, अस्मिता अधिकारी र रबि ओड बाँकी रहेका छन्।

बिहिबार प्रशारण भएको एपिसोड ३५ मा रबि ओड, बिक्रम बराल, सुमित पाठक र अस्मिता अधिकारीले आफ्नो जोडदार प्रस्तुति दिईसकेका छन् । अब यी उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरुको प्रस्तुतिको आधारमा भोटिङ मार्फत ‘नेपाल आइडल सिजन २’ को बिजेता छान्ने पालो सम्पूर्ण दर्शकहरुको पोल्टामा गएको छ ।

अहिले रहेका सबै प्रतिस्पर्धीहरु उत्तिकै राम्रा छन् र सबैको पकड फ्यान बीच राम्रो छ। पोखराका बिक्रम बराल , सुदुरपश्चिमका रबि ओड , झापाका सुमित पाठक र अस्मिता अधिकारी सबै नेपाल आइडल विजेताका दाबेदार बनिसकेका छन्।

नेपाल आइडलमा हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै यहाँ सम्म आइपुगेका उत्कृष्ट ४ जना प्रतिस्पर्धीहरु मध्ये एक नै नेपाल आइडल बन्ने छन्। ‘नेपाल आइडल सिजन २’ को बिजेता को बन्छ यो भने शुक्रबार बेलुका नै थाहा हुनेछ।

https://www.youtube.com/watch?v=M8R_VySktHc&feature=youtu.be

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?