नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०८०
|
|
२२ पटक हेरिएको
Shares
नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य

सारांश

  • सिमकोट ।
  • हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।
  • जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।

सिमकोट । हुम्ला र बाजुरा जिल्लाको सिमाना कवाडीका स्थानीयवासीले नेटवर्क आउने प्रतीक्षामा मोबाइल बार्दलीमा झुन्ड्याउन बाध्य छन् ।

जिल्लाको दक्षिण भेगको सिमाना रहेको कवाडीका स्थानीय र सुरक्षाकर्मीलाई घरको भित्तामा मोबाइल झुण्ड्याएर कुरा गर्नुपर्ने बाध्यता छ ।

सो क्षेत्रमा मोबाइल नेटवर्कको समस्या हुँदा नेपाल टेलिकमका मोबाइल प्रयोगकर्ताले सास्ती भोग्नुपरेको हो । फोन आउँछकी भनेर मोबाइल घरमा झुन्ड्याएर राखिएको होटल सञ्चालन गर्दै आउनुभएकी पञ्चाकली रोकायाले बताइन् । उनी भन्छिन्,“के गर्नु सर, झुन्ड्याएर राखेको ठाउँमा त कहिलेकाहीँ मात्र टावर आउँछ । आफन्तलाई कुरा गर्न पाइन्छ कि भनेर यसरी राखेको छौँं ।”

बाजुराको कोल्टीमा ल्यान्डलाइन र एडीएसएलबाट कछुवा गतिमा इन्टरनेट सेवा चलेको छ । हुम्ला, मुगु र बाजुराका कतियपय स्थानमा नेपाल टेलिकमको नेटवर्क राम्रोसँग नचल्ने गरेको नागरिकको गुनासो छ ।बाजुरा, मुगु र हुम्लाका अधिकांश गाउँपालिकामा नेपाल टेलिकमले टावर राखेको पाइन्छ । अधिकांश स्थानमा टावर नटिप्ने समस्या देखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?