प्रभु इन्स्योरेन्स २३औं वर्षमा प्रवेश
सारांश
- काठमाडौं ।
- प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।
- कम्पनीको २३ औं स्थापना दिवसको अवसरमा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् ।
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड स्थापनाको २२औं वर्ष पुरा गरी २३ औं वर्षमा प्रवेश गरेको छ ।कम्पनीको २३ औं स्थापना दिवसको अवसरमा कम्पनीका अध्यक्ष कुसुम लामाले बीमा समितिले जारी गरेको संस्थागत सुशासन सम्वन्धी निर्देशिका बीमा कम्पनीहरुको हितमा रहेको र समितिको सहि मार्ग निर्देशनले कम्पनीको व्यवसाय बृद्धि हुने बताउदै बीमा तालिम केन्द्रको स्थापनाले बीमा क्षेत्रमा दक्ष जनशक्ति बिकास हुने बताइन् ।
बीमा समितिको निर्देशन अनुसार चुक्ता पुंजी बृद्धिको लागि हकप्रद शेयर निष्काशन भईसकेको र केही दिनमै हकप्रद शेयरको बाँडफाँड पश्चात तोकिएको चुक्ता पुँजी पुग्ने बताइन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा व्यवसाय बृद्धि गरेको बताए । ३५ वटा शाखा तथा उपशाखाबाट सेवा प्रदान गरिरहेको कम्पनीले केहि समयभित्रै ७ वटा शाखा विस्तार गर्ने जनाएको छ ।
प्रतिक्रिया