भालुको आक्रमणबाट सोलुमा एक जना घाइते
सारांश
- काठमाडौँ ।
- सोलुखुम्बु जिल्लामा जंगली जनावर भालुको आक्रमणबाट एक जना घाइते भएका छन ।
- जंगलमा बाख्रा चराउन गएका अन्जाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन ।
काठमाडौँ । सोलुखुम्बु जिल्लामा जंगली जनावर भालुको आक्रमणबाट एक जना घाइते भएका छन । जंगलमा बाख्रा चराउन गएका अन्जाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका हुन ।
भुजेल घर नजिकै जंगलमा बाख्रा चराउन गएको प्रहरीले बताएको छ । जंगलमा रहेको भालुले भुजेलमाथि आक्रमण गरेको र भुजेलको अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।
उनको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया