नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट उम्मेदवारहरुको नाम सिफारिस (नामावली सहित)
सारांश
- काठमाडौं ।
- नेपाली काँग्रेसले काठमाडौंका विभिन्न ३ क्षेत्रबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको नाम सिफारिस गरेको छ ।
- मंगलबारसाँझसम्म नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट दुबै तहका निर्वाचनको उम्मेदवारहरुको नामावली सिफारिस गरेको हो ।
काठमाडौं । नेपाली काँग्रेसले काठमाडौंका विभिन्न ३ क्षेत्रबाट प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । मंगलबारसाँझसम्म नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ६, ७ र ८ बाट दुबै तहका निर्वाचनको उम्मेदवारहरुको नामावली सिफारिस गरेको हो ।
यसमध्ये काठमाडौं क्षेत्र न ८ ले प्रतिनिधी सभा निर्वाचनको प्रत्यक्षतर्फ काँग्रेस केन्द्रीय सदस्य एवमं व्यवस्थापिका संसद सदस्य समेत रहेका नविन्द्रराज जोशीको एकल नाम सिफारिस गरेको छ । केन्द्रीय सदस्य जोशी यसैक्षेत्रबाट पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा अत्याधिक बहुमतले निर्वाचित भएका थिए। त्यस्तैगरी प्रतिनिधिसभासमाको समानुपातिकतर्फ राजुराज जोशी, रविन्द्रलाल श्रेष्ठ, कृष्णा अमात्य (महिला कोटा) ,बद्री नेपाल र प्रचण्डदेव माननन्धरको नाम सिफारिस गरेको छ ।
त्यस्तै प्रदेशसभा निर्वाचनको प्रत्यक्ष (क) समूह अन्तर्गत राजेश श्रेष्ठ राज्यलक्ष्मी श्रेष्ठ र विजयगोपाल श्रेष्ठ जुद्धरत्न बज्राचार्य, राजेन्द्रराम श्रेष्ठको नाम सिफारिस गरेको छ । त्यस्तैगरी समानुपातिक तर्फ महेश नेपाली, किरणकृष्ण जोशी, रमेश प्रसाद गौतम, धर्म पाछै, गम्भिरमान महर्जन, रिता महर्जन र विष्णुलाल श्रेष्ठको नाम सिफारिस भएको छ।
त्यस्तैगरी प्रदेशसभा निर्वाचनको प्रत्यक्ष (ख) समूहबाट देवरत्न डंगोल, अमिन पाण्डे र केदार मानन्धरको नाम सिफारिस गरेका छ भने समानुपातिक तर्फ अरुण मानव, विमला कपाली, विमला छतुङगेल , पन्नाकाजी महर्जन र सुर्दशन मानसिंहको नाम सिफारिस गरेको छ ।
त्यस्तै, काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा रक्षामन्त्री भीमसेनदास प्रधान र सबुज वानियाँको नाम सिफारिस गरिएको छ । त्यस्तै, समानुपातिक तर्फ क्षेत्र नं ६ बाट प्रतिनिधि सभा सदस्यको समानुपातिक तर्फ मोहम्मद निजाम्मुद्धिन र कौशर शाहको नाम सिफारिस भएको छ । त्यस्तै, प्रदेश सभा सदस्य निर्वाचन तर्फ क्षेत्र नं ६ (क) मा प्रत्यक्ष तर्फ विजय नारायण मानन्धर, न्हुन्छेनारायण मानन्धर, सुसन बैद्य र केदार पाठक छन् भने ६ (क) मा समानुपातिक तर्फ सुभास अधिकारी, रामशरण पाण्डे, सविता महर्जन लगायत रहेका छन् । ६ (ख) को प्रत्यक्षतर्फ श्यामकृष्ण खड्गी, कृष्णमान श्रेष्ठ, सरोज कुमार बस्नेत र विष्णुभक्त तिमिल्सिनाको नाम सिफारिस गरिएको छ भने समानुपातिक कृष्णहरी महर्जन, माधव तिमल्सिना र केदार तिमल्सिनाको नाम सिफारिस गरिएको छ ।
त्यस्तै, काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुदर्शन आचार्य, मुकुन्द रिजाल, विजय मालीको नाम सिफारिस गरिएको छ । प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं ७ (क) मा प्रगतिमान रञ्जित, प्रमोदहरि गुरागार्इँ, राजीव श्रेष्ठ, विनोद पन्त, प्रशान्तमान सिंह मास्के, रविन्द्र हाडा, द्वारिका महर्जनको नाम सिफारिस गरिएको छ । क्षेत्र नं ७ (ख) मा धर्मराज अर्याल, सिर्जना बुर्लाकोटी, सविन तामाङ र माया फुयाँलको सिफारिस गरिएको छ ।
समानुपातिक तर्फ क्षेत्र नं ७ बाट श्रीराम उपाध्याय, कमला राजभण्डारी र अस्तुसिंह चौधरीको नाम सिफारिस गरिएको छ । प्रदेश तर्फ भने ७(क)मा भक्तराज भुषाल, होमनाथ पोख्रेल, सिताराम केसी र ७(ख)मा सरस्वती भट्ट, रसिला लामा र अम्विका रेग्मीको नाम सिफारिस गरिएको छ।
प्रतिक्रिया