भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ५, २०७४
|
|
५० पटक हेरिएको
Shares
भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

सारांश

  • विराटनगर, ५ भदौ ।
  • डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ ।
  • विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो ।

विराटनगर, ५ भदौ । डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ ।

विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उहाँको घर भत्काएको थियो ।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो ।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो । सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन् । अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?