आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
२८ पटक हेरिएको
Shares
आमसञ्चारसम्बन्धी कानुनलाई छिट्टै मूर्तरुप दिइनेछ : मन्त्री शर्मा

सारांश

  • काठमाडौँ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन् ।
  • नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पारिन् ।

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले प्राथमिकताका आधारमा सञ्चारसम्बन्धी कानुनलाई मूर्तरूप दिइने बताएकी छन् ।

नेपाल पत्रकार महासङ्घको आयोजनामा आज सञ्चारग्राममा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री शर्माले प्रविधिको विकाससँगै सञ्चार क्षेत्रको नियमन आवश्यक भइसेकेको भन्दै पुरानाका कानुनलाई प्रतिस्थापन गर्दै सरोकारवालाको प्रत्यक्ष सहभागितामा नयाँ कानुन निर्माण गरिने स्पष्ट पारिन् ।

उनले महासङ्घलगायत सरोकारवाला संस्थालाई सञ्चारक्षेत्रमा रहेका नीतिगत सुधारका लागि जतिसक्दो छिटो सुझाव दिन आग्रह गरिन् । उनले सोही आधारमा सुधार गरिदै लैजाने समेत प्रतिवद्धता व्यक्त गरिन् ।

उनले मुलुकको विकास र परिवर्तनका लागि आमसञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताइन् । “राजनीति र पत्रकारिता अभिन्नरुपमा एक आपसमा जोडिएका छन् । राजनीति र पत्रकारिता जोडिएको थिएन भने देशमा ठूलाठूला परिवर्तन सम्भव पनि थिएन । देशमा भएका राजनीतिक परिवर्तनमा सहकार्य गरेर काँधमा काँध थापेर यहाँसम्म आएको हो”, उनले भनिन्।

नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले संसदमा छलफल भएका र पाइपलाइनमा रहेका सञ्चारसम्बन्धी कानुनलाई पूर्णता दिन मन्त्री शर्मा समक्ष आग्रह गरे । सरकारले सञ्चारक्षेत्रलाई प्रदान गर्दैआएको सहुलियत सञ्चालकले मात्र नभई श्रमजीवी पत्रकारले पनि पाउनुपर्नेमा अध्यक्ष पोख्रेलले जोड दिए ।

आमसञ्चार प्रतिष्ठान, जेष्ठ पत्रकार सम्मान वृत्ति, मिडिया काउन्सिल विधेयकलगायत सञ्चारक्षेत्रको नीतिगत सुधारका लागि महासङ्घले दिएको सुझावका आधारमा निर्माण हुनुपर्नेमा उनको भनाइ थियो ।

सञ्चार मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले महासङ्घले उठाएको विषयमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै उहाँले सञ्चार प्रतिष्ठानको स्थापना गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भइरहेको जानकारी दिए । महासङ्घका पूर्वअध्यक्ष तथा सल्लाहकार डा महेन्द्र विष्टले प्रविधिको विस्तार र पहुँचसँगै सञ्चारक्षेत्रले जनताको जीवनस्तर माथि उठाउन सहयोग पु¥याउनुपर्नेमा जोड दिए ।

महासङ्घका सल्लाहकार एवम् पूर्वअध्यक्ष गोविन्द आचार्यले श्रमजीवी पत्रकारको हितका लागि प्रचलित कानुनका आधारमा विभिन्न कोष स्थापना गर्न मन्त्री शर्मालाई अवगत गराए । उनले रोजगारमूलक साना लगानीमा मिडिया बन्द हुने अवस्थामा रहेको, श्रमजीवी पत्रकार ऐनको पूर्ण कार्यान्वयन नभएको भन्दै पत्रकारको वृहत्तर हितका लागि महासंघले पहलकदमी लिनुपर्नेमा जोड दिए ।

त्यस्तै, महासङ्घका सल्लाहकार निर्मला शर्माले राजनीतिक क्षेत्रबाट बेलाबेला आउने अभिव्यक्तिबाट सञ्चार क्षेत्रलाई चुनौती बढेको बताउँदै प्रेममाथि हुने त्यस्ता खाले घटनाले लोकतन्त्रमाथि खतरा रहेको बताए ।

नेपाल प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रविधिको विकाससँगै हाल विकास भइरहेको नयाँ मिडियाको नियमन गर्न आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघका महासचिव रोसन पुरीले पत्रकारको क्षमता अभिवृद्धिका लागि सञ्चार प्रतिष्ठानको तत्काल स्थापना गर्न आवश्यक रहेको बताए । उनले सञ्चारगृहको आधारमा पत्रकारको पहिचानको व्यस्था गर्न, सञ्चारसम्बन्धी सरकारका नीतिगत समितिमा महासङ्घको प्रतिनिधित्वलाई कम स्थान दिने थालिएकोप्रति मन्त्री शर्माको ध्यानाकर्षण गराए । उनले लोककल्याणकारी विज्ञापन, सरकारले सञ्चार क्षेत्रलाई प्रदान गर्ने सहुलियतलगायतमा श्रमजीवी पत्रकारको हितमा व्यवस्था गर्न पनि आग्रह गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
राजेन्द्र महताे बने संयाेजक, राजपामा लफडा
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
तनहुँ मतपरिणामः सर्वेन्द्र खनाल झन्डै ७ हजार तथा भटराई ५ हजारले पछाडी
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
‘पहुँचवाला’लाई प्रदेशमै व्यवस्थापन गर्ने खेल, सशस्त्रमा फेरि भाँडभैलो
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
दोस्रो टेस्ट क्रिकेटः अष्ट्रेलिया १४६ रनले विजयी
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
बिहानैदेखि देशका अधिकांश भू-भागमा वर्षा, अझै केही दिन झरीको सम्भावना
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
जुम्लामा नदीले बगाउँदा एकको मृत्यु
पाकिस्तानी प्रधानमन्त्रीको समर्थनमा निस्कियो १० औँ हजार जुलुश
पाकिस्तानी प्रधानमन्त्रीको समर्थनमा निस्कियो १० औँ हजार जुलुश
वीर अस्पतालमा वेथिति, मेसिन बिगार्दै विरामी नीजिमा पठाइदै
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
शहीद घोषणाको प्रमाणपत्र लिएर गोविन्दको घर पुग्दा पनि राहतको पत्तो छैन
गाेमन सर्पले डसेर एक जनाकाे मृत्यु
गाेमन सर्पले डसेर एक जनाकाे मृत्यु

तपाईंले छुटाउनुभयो कि?