स्कुटर दुर्घटनामा ट्राफिक प्रहरीको मृत्यु
सारांश
- काठमाडौं ।
- ललितपुर एकान्तकुनामा गएराती भएको स्कुटर दुर्घटनामा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ ।
- महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।
काठमाडौं । ललितपुर एकान्तकुनामा गएराती भएको स्कुटर दुर्घटनामा एकजना ट्राफिक प्रहरीको मृत्यु भएको छ । महानगरीय ट्राफिक प्रहरी वृत्त कालीमाटीमा कार्यरत प्रहरी जवान सुमनप्रसाद कँडेलको मृत्यु भएको हो ।
कँडेलले बा ९४ प ६१९७ नम्बरको स्कुटर गएराती दुर्घटना भएको हो । कँडेललाई सडकमा लडिरहेको अवस्थामा भेटिएका र कारका चालकले अल्का अस्पताल जावलाखेल पुराएका थिए ।
उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ । दुर्घटनामा सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया