भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
५९ पटक हेरिएको
Shares
भिनुमाले जितिन् छैंटौँ ‘मिस लिम्बू’को उपाधि

सारांश

  • काठमाडौं।
  • ‘सम्मान मिस लिम्बू’ को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन्।
  • आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन्।

काठमाडौं। ‘सम्मान मिस लिम्बू’ को उपाधि भिनुमा पाहिम लिम्बूले जितेकी छन्। आफ्ना १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै तेह्रथुम खाम्लालुङकी भिनुमा छैटौं ‘मिस लिम्बू’ बन्न सफल भएकी हुन्।

‘बौद्धिक विकास र सौन्दर्य, पहिचान र संस्कृति’ भन्ने नारासहित शनिबार काठमाडौंमा आयोजित ‘सम्मान मिस लिम्बू–२०७९’ १८ जना फाइनालिस्टमध्ये मुख्य निर्णायकले सोधेको प्रश्नमा उत्कृष्ट जवाफ दिँदै भिनुमा यस सस्करणको मिस लिम्बू घोषित भएकी हुन्।

याक्थुङ युथ एशोसिएसन (वाईवाईए)द्वारा आयोजित ‘मिस लिम्बू–२०७९’का पाँचथरकी काजल सेलिङ लिम्बू र फस्ट रनरअप र धनकुटाकी मुना चेम्जोङ लिम्बू सेकेण्ड रनरअफ भएका छन्। विजेता तीनै जनालाई ताज र नगद पुस्कार प्रदान गरिएको छ।

‘सम्मान मिस लिम्बू’को शीर्ष विजेता भिनुमाले नगद एक लाख रुपैयाँसहित स्कुटरसमेत प्राप्त गरेकी छन्। यस्तै, फस्ट रनरअफ काजलले नगद एक लाखसहित र विभिन्न गिफ्ट ह्याम्पर तथा सेकेण्ड रनरअफ मना चेम्जोङले नगद ५० हजारसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेकी छन्।

कार्यक्रममा पूर्वमिस नेपालद्वय माल्भिका सुब्बा, इभाना मानन्धर, बरिष्ठ कलाकार सुनिल थापा, कोरियोग्राफर जयन सुब्बा मानन्धर, नेत्र चिकित्सक डा बेन सुब्बा, पुर्वमिस लिम्बू मेरिना पोमु लिम्बूलगायत निर्णायक रहेका थिए। प्रतियोगितामा विभिन्न १६ वटा सबटाइटल अवार्डसमेत प्रदान गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रथम नेपाली तारा दिपक लिम्बू, गायक कन्चन थलङलगायतले गीतसंगीत प्रस्तुत गरेका थिए।

(Adipex)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
आखिर किन भइन् ट्रोल? टिभीकी संस्कारी बुहारीको गुलाबी बिकिनी फोटो….
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
लडडु खाएर प्रचण्डसँग मिलेका बादलले ‘स्वाद’ लिदै बैद्य र विप्लबलाई यसरी सिध्याउदैछन् !
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
चारैजना मूल पुजारी राखेर ओलीले गरे पशुपतिनाथमा विशेष पूजा, सवा लाख दीप प्रज्ज्वलन
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
राजनितीमा महिला सहभागिता बढाउन नयाँ कानुन !
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
समृद्धिको लक्ष्य हासिल गर्न सरकार गम्भीर : उपप्रधानमन्त्री श्रेष्ठ
मन्त्रालयका सचिव माथि स्वकीय सचिवले गरे हातपात प्रयास !
मन्त्रालयका सचिव माथि स्वकीय सचिवले गरे हातपात प्रयास !
प्रभु बैंक र हिमाल हस्पिटल बीच विशेष छुट सम्झौता
प्रभु बैंक र हिमाल हस्पिटल बीच विशेष छुट सम्झौता
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
यसरी छानिन्छन् राष्ट्रियसभा सांसद, कुन प्रदेशमा कस्को कति ?
नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल
नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल

तपाईंले छुटाउनुभयो कि?