अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १४, २०७४
|
|
४२ पटक हेरिएको
Shares
अब राष्ट्रियसभाका ३ जनाले सपथ लिन नपाउने, टुंगो लाग्न दुईसाता लाग्ने

सारांश

  • काठमाडौं, १४ फागुन – सर्वोच्चको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका तीनजना राष्ट्रियसभाका सदस्यले सपथ लिन नपाउने भएका छन् ।
  • सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ओली सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका डा.
  • युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईको शपथ रोक्न आदेश दिएको हो।

काठमाडौं, १४ फागुन – सर्वोच्चको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेका तीनजना राष्ट्रियसभाका सदस्यले सपथ लिन नपाउने भएका छन् । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले ओली सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गरेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र बिमला पौडेल राईको शपथ रोक्न आदेश दिएको हो।

संघीय संसदले फागुन २० प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको शपथ सपथ लिने मिति तय गरेको थियो । सर्वोच्चको आदेशसँगै सपथ अनिश्चित बनेको हो । राष्ट्रियसभा सदस्यमा प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले सिफरिस गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गरेका तीन सदस्यको शपथ रोक्न आदेश दिएको हो ।

यस अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रिय सभा सदस्यमा नियुक्त गर्ने प्रयोजनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गत माघ २६ गते झापाका गोपालकुमार बस्नेत, स्याङ्जाका कृष्णप्रसाद पौडेल र काठमाडौंकी चाँदनी जोशीलाई राष्ट्रपति समक्ष सिफारिस गरेको थियो।

सिफारिसलाई एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फिर्ता गर्ने निर्णय गर्दै थप तीनजना सिफारिस गरेपछि बस्नेत, पौडेल र जोशी रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्चले राष्ट्रिय सभामा सिफारिससम्बन्धी पछिल्लो निर्णय कार्यान्वयन नगर्न राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीका नाममा अन्तरिम आदेश दिएको हो।

अघिल्लो सरकारको निर्णय उल्ट्याउँदै ओली सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत फागुन ३ गते वरिष्ठ अधिवक्ता विडारी, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष खतिवडा र पौड्याललाई राष्ट्रिय सभा सदस्यमा नियुक्त गरेकी थिइन्। संविधानले सरकार र प्रधानमन्त्रीलाई यसरी छनोटको सुविधा सर्वोचचको आदेशमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
नेकपा सचिवालय बैठक : उपनिर्वाचनको समीक्षा प्रतिवेदन पठाउन नेकपाको निर्देशन
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
नेपाल–बेलायत द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न
विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी
विश्व बैंकले २१ वटा नगरपालिकामा १६ अर्ब लगानी
क्यारेवियन प्रिमियर लिगका लागि सन्दिप लामिछानेलाई अहिलेसम्मकै ठूलो रकम
क्यारेवियन प्रिमियर लिगका लागि सन्दिप लामिछानेलाई अहिलेसम्मकै ठूलो रकम
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
फेवाताललाई पुरानै स्वरुपमा फर्काउन १ करोड बजेट विनियोजन
गण्डकीमा सरकार गठनका लागि आह्वान
गण्डकीमा सरकार गठनका लागि आह्वान
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
विद्युत् चुहावट नियन्त्रणमा प्राधिकरण आक्रामक, जोगियो १० अर्ब
अध्यक्षबाहेक शीर्ष नेता प्रचारमा देखिएनन्
अध्यक्षबाहेक शीर्ष नेता प्रचारमा देखिएनन्
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?
देउवाको निर्णय उल्ट्याउँदै ओली: राष्ट्रियसभामा ३ जना सिफारिस, को–को ?