भुटानमाथि नेपालको ४-0 को शानदार जीत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
१९ पटक हेरिएको
Shares
भुटानमाथि नेपालको ४-0 को शानदार जीत

सारांश

  • काठमाडौं ।
  • १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानमाथि नेपालले ४(० को शानदार जीत हात पारेको छ ।
  • खेल सुरु भएको चौथो मिनेटमै अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्दै ४(० को जीत हार पारेको हो ।

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलमा भुटानमाथि नेपालले ४(० को शानदार जीत हात पारेको छ । खेल सुरु भएको चौथो मिनेटमै अग्रता लिएको नेपालले दोस्रो हाफमा थप ३ गोल गर्दै ४(० को जीत हार पारेको हो ।

मंगलबार दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि सुरुवाती दुई गोल कप्तान सुजल श्रेष्ठले र तेस्रो गोल अभिषेक रिजालले र चौथो गोल मिक्जेन तामाङले गरे । पहिलो गोल ४ मिनेटमा गरेका सुजलले दोस्रो गोल ५० मिनेटमा गरेका हुन् । यस्तै अभिषेकले ६५ औं मिनेटमा गोल गरे भने मिक्जेनले ७७ औं मिनेटमा गोल गरे । साग फुटबलमा ५ टिम सहभागी छन् । राउण्ड रोविनको आधारमा हुने खेलमा सबै टिम एक अर्कासँग खेल्नेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?