सरकार र सिके राउतबीच ११ बुँदे सहमति
सारांश
- काठमाडौं।
- सरकार र पृथकतावादी आन्दोलन संचालन गर्दै आएका सिके राउतबीच ११ बुँदे सहमति भएको छ।
- शुक्रबार राष्ट्रियसभा गृहमा भएको विशेष कार्यक्रममा उक्त सहमति पत्रमा प्रधानमन्त्री केपी ओली र राउतले हस्ताक्षर गरेका छन्।
काठमाडौं। सरकार र पृथकतावादी आन्दोलन संचालन गर्दै आएका सिके राउतबीच ११ बुँदे सहमति भएको छ। शुक्रबार राष्ट्रियसभा गृहमा भएको विशेष कार्यक्रममा उक्त सहमति पत्रमा प्रधानमन्त्री केपी ओली र राउतले हस्ताक्षर गरेका छन्। सहमति पत्रमा राउतले नेपालको राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डतालाई स्वीकार गर्ने उल्लेख छ।
स्वतन्त्र मधेश गठबन्धनका अध्यक्ष रहेका राउनले सरकारसँग गोप्य वार्ता गरेका थिए। यही वार्तापछि एक्कासी उनले ‘यु टर्न’ लिँदै नेपालको राष्ट्रिय एकता, भौगोलिक अखण्डता स्वीकार्न सहमत भएका हुन् ।
देश नै टुक्र्याउने माग लिएर अगाडि बढेका सिके राउत एक्कासी आफ्नो मागबाट पछि हट्नु, आफ्नो मागको ठिक विपरित कुरा स्वीकार गर्नु र जेलबाट निस्किएलगत्ते प्रधानमन्त्रीको उपस्थितिमा सम्बोधनको कार्यक्रम राखिनुले नेपाली राजीतिक वृत्तमा ठूलो हलचल ल्याएको छ।
राज्यविरुद्धको अभियोगमा थुनामा रहेका राउत बिहीबार सर्वोच्च अदालतको आदेशमा रिहा भएका थिए। जिल्ला अदालत गौरमा विचाराधीन मुद्दाको तारिख लिएर फर्कदै गर्दा असोज २१ गते प्रहरीले राउतलाई पक्राउ गरेको थियो। स्वतन्त्र मधेस राज्यको माग गर्दै तराइका जिल्लाहरूमा तालिम तथा संगठन बढाइरहेका बेला उनलाइ राज्यविरूद्धको अभियोगमा पक्राउ गरिएको थियो। बिहीबार सर्वाेच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र सम्शेर जबरा र न्यायाधीश पुरुषोत्तम भण्डारीको इजालसले उनलाई थुना बाहिर रहेर मुद्दा पूर्पक्ष गराउन आदेश दिएको थियो।
सरकार र राउतबीच भएको सहमति गृहसचिव प्रेमकुमार राईले पढेर सुनाएका थिए। कार्यक्रममा प्रधानमन्त्री केपी ओली, नेकपा अध्यक्ष प्रचण्ड,गृहमन्त्री रामबहादुर थापा, मन्त्रीलगायतको सहभागीता थियो।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया