नवलपरासीमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२१ पटक हेरिएको
Shares
नवलपरासीमा दुर्घटना न्यूनीकरण गर्न सचेतना अभियान

सारांश

  • महेन्द्र चापागाई जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले दुर्घटना न्यूनीकरणका लागि जिल्लाका प्रत्येक विद्यालयमा एकजना ट्राफिक शिक्षक बनाउने भएको छ ।
  • कार्यालयले दुर्घटनाबारे जनचेतना फैलाउन ‘एक विद्यालय एक शिक्षक’ अभियान सुरू गरेको हो ।
  • आईतबार कावासोतीमा आयोजना गरिएको विद्यालय ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रममा नवलपरासीका ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावल विद्यार्थीमार्फत् ट्राफिक सचेतना घरघरमा पुत्याउन विद्यालयमा ट्राफिक शिक्षक बनाउने अभियान सुरू गरिएको जानकारी दिए ।
  • महेन्द्र चापागाई

जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले दुर्घटना न्यूनीकरणका लागि जिल्लाका प्रत्येक विद्यालयमा एकजना ट्राफिक शिक्षक बनाउने भएको छ । कार्यालयले दुर्घटनाबारे जनचेतना फैलाउन ‘एक विद्यालय एक शिक्षक’ अभियान सुरू गरेको हो । आईतबार कावासोतीमा आयोजना गरिएको विद्यालय ट्राफिक शिक्षक प्रशिक्षण कार्यक्रममा नवलपरासीका ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावल विद्यार्थीमार्फत् ट्राफिक सचेतना घरघरमा पुत्याउन विद्यालयमा ट्राफिक शिक्षक बनाउने अभियान सुरू गरिएको जानकारी दिए ।

यो अभियानअन्तर्गत एउटा विद्यालयमा सो शिक्षकले १० देखि ५० जना ट्राफिक स्वयम्सेवक विद्यार्थी उत्पादन गर्ने र प्रहरीको सहयोगमा शिक्षक र विद्यार्थी मिलेर सचेतनामूलक अभियान चलाउने रावलले बताए।यो अभियान आिश्वन अन्तिम साताबाट सुरू हुने उनले बताए । अभियानअन्तर्गत प्रत्येक विद्यालयले एक महिनामा एउटा दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रम गर्ने, वातावरण संरक्षणको लागि कार्यक्रम सञ्चालन गर्ने र विद्यालयमा ट्राफिक चिन्ह राख्ने काम गरिने ट्राफिक प्रहरी प्रमुख रावलले जानकारी दिए ।

यो काम कातिक महिनादेखि थालनी हुनेछ। सडकको दूरावस्था, सवारीसाधनको चाप र चालकको लापरबाहीले पश्चिम नेपालमा सबै भन्दा बढी दुर्घटनाहुने नवलपरासीको कावासोती क्षेत्रमा सडक दुर्घटना बढदै गएपछि त्यसको न्यूनीकरणको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले विद्यालयकेन्द्रित चेतनामूलक अभियान सुरू गर्न लागेको हो । कावासोतीमा भएको कार्यक्रमका प्रमुख अतिथि रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नारायण प्रधानले नवलपरासीमा दुर्घटना बढदै गएका कारण विद्यार्थीमार्फत् अभिभावकलाई सचेत गराउन ट्राफिक कार्यालय र जिल्लाका शिक्षकहरूको सहकार्यमा अभियान सुरू गर्न लागिएको बताए ।

दुर्घटना न्यूनीकरणको विषयमा ट्राफिक कार्यालयले सञ्चालन गर्ने गतिविधिमा सक्रिय भएर सहभागिता जनाउन ट्राफिक प्रहरी प्रमुख धर्मेन्द्र रावलले विद्यालयका प्रधानाध्यापक र शिक्षकहरुलाई आग्रह गर्नुको साथै जिल्लामा सवारीको चाप अत्यधिक छ”, “ट्राफिक व्यवस्थापन कठिन बन्दै गएका बेला विद्यालयस्तरीय कार्यक्रमले केही हदसम्म न्युनीकरणमा सहयोग मिल्ने जनाए । यसै कार्यकर्ममा बोल्दै ईलका प्रहरी कार्यलय नबलपुरका प्रहरी सहायक निरीक्षक तिर्थ राज गौतमले लागू पदार्थको सेवनले व्यक्तिको जिबनलाई बर्बाद गर्ने मात्र नभै त्यस्तो व्यक्तिको परिवार, छिमेकी तथा समाजलाई नै तनाबमा राखी समाज प्रदुषित गर्ने कार्य गर्दछ। लागू औषधको कुलतमा फस्ने व्यक्तिहरुको कारणले समाजमा विभिन्न प्रकारका बिकृती तथा अपराधको संख्यामा समेत बृद्दी हुदै जानेछ भदै विद्यार्थीहरलाई औषध दुर्ब्यसनी नियन्त्रण सम्बन्धी प्रशिक्षण दीए ।

दुर्घटना नहुने वातावरण बनाउन विद्यार्थीमार्फत अभिभावक र समुदाय अनि स्वयं विद्यार्थीको भोलिका दिनका लागि यो कार्यक्रम ल्याइएको अटो वेज प्राली चितवनका डाईरेक्टर इन्द्र रेग्मीले बताए । अटो वेज प्रालि चितवन र रोटरी क्लब नारायणगढको सहयोगमा जिल्ला ट्राफिक कार्यालय कावासोती नवलपरासीले आयोजना गरेको कार्यक्रममा दुई दर्जन बढी विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?